English

साफ महिला च्याम्पियनसिप (फोटो फिचर)



नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० हराउँदै अन्तिम चारमा यात्रा पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरेका हुन् ।

खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । ११औं मिनेटमा सरुले, १७ औं मिनेटमा अमृताले र पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो ।

७६औं मिनेटमा अमिषाले र दोस्रो हाफको पनि इन्जुरी समयमा अमिषाले नै दोस्रो गोल गरेपछि नेपालको पक्षमा सहज जित निस्किएको हो । जितसँगै समूह ‘बी’ को नेपालले ६ अंक जोडेको छ ।

यो पनि…
प्रीतिको नेतृत्वमा साफ महिला च्याम्पियनसिप टोलीको घोषणा
महिला साफको टेक्निकल कमिटीको जिम्मेवारी कृष्ण थापालाई



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested