English

अन्नबालीबाट राम्रो कमाई नभएपछि तरकारी खेती मुख्य आम्दानीको स्रोत



धनकुटाको महालक्ष्मी नगरपालिकाका किसानले तरकारी खेतीबाट मात्रै वार्षिक लाखौ आम्दानी लिँदै आएका छन । महालक्ष्मी–१ की रेनुका कटुवालले पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छन् । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष ६ लाख आम्दानी लिने लक्ष्य उनले लिएकी छन् ।

परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि तरकारी खेती रोजेका यहाँका किसानहरूको गतिलो आर्थिक स्रोत नै तरकारी खेती बन्दै आएको छ ।

हामीले उत्पादन गरेको तरकारी व्यापारीले बारीबाटै लान्छन् बेच्नलाई समस्या छैन । यसपालि तरकारीको बजार पनि राम्रो भएकाले सोचजस्तो आम्दानी हुन्छ भन्नेमा ढुक्क छु ।

गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै तरकारी खेती फस्टाएको छ । केही वर्षअघिसम्म पसल गर्दै आएका उनले पसल नचलेपछि तरकारी खेती रोजेकी हुन् । उनी भन्छिन्, ‘पहिले हामी पसल चलाउँथ्यौं, तर पसल चलेन त्यसपछि तरकारी खेती थालेका हौं । तरकारी खेतीबाट यो साल ६ लाख आम्दानी लिने लक्ष्य छ । हामीले उत्पादन गरेको तरकारी व्यापारीले बारीबाटै लान्छन् बेच्नलाई समस्या छैन । यसपालि तरकारीको बजार पनि राम्रो भएकाले सोचजस्तो आम्दानी हुन्छ भन्नेमा ढुक्क छु ।’

उनी जस्तै जितबहादुर अधिकारी विगत ३० वर्षदेखि तरकारी खेती गर्दै आएका छन् । अधिकारीलाई तरकारी खेती गर्न यतिबेला भ्याइनभ्याई बनेको छ । कोसी राजमार्गसँगै जोडएको यो गाउँ तरकारी खेतीले बाह्रैमास हरियाली हुन्छ । ‘कुनैकुनै साल तरकारीको भाउ नहुँदा मात्रै समस्या हुन्छ हामीलाई । बजारको समस्या छैन अन्नबालीले हाम्रो श्रम र मेहनत मै नउठ्ने भएपछि तरकारी खेती रोजेका छौ । तरकारी खेतीले हाम्रो घरपरिवार चलाउन सहज मात्रै बनेको छैन राम्रो आम्दानी लिँदै आएका छौं,’ उनले भने ।

तरकारीको जोन क्षेत्र भए पनि हामीलाई मल र बीउको समस्या छ । किसानहरूको समस्यालाई सरकारले पनि चासो नदिँदा हामीले चाहे जस्तो तरकारी उत्पादन गर्न सकेका छैनौं ।

अधिकारीले तरकारी बिक्रीबाट मात्रै वार्षिक पाँच लाख बढी आम्दानी लिँदै आएका छन् । कटुवाल र अधिकारी जस्तै यहाँका किसानहरू तरकारी खेतीबाटै वार्षिक लाखौ आम्दानी लिँदै आएका छन् । तरकारीको जोन क्षेत्रको रूपमा रहेको यस क्षेत्र मल बीउको भने समस्या हुँदै आएको किसान उद्धबमणि रायमाझीले भनाइ छ । ‘तरकारीको जोन क्षेत्र भए पनि हामीलाई मल र बीउको समस्या छ । किसानहरूको समस्यालाई सरकारले पनि चासो नदिँदा हामीले चाहे जस्तो तरकारी उत्पादन गर्न सकेका छैनौं,’ रायमाझीले भने । यहाँ काउली, बन्दा, मुला,गाँजर,आलु,मोटरकोसालगायतका तरकारी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको तरकारी पूर्वी तराईका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानहरूमा निर्यात हुँदै आएको छ । किसानले एक रोपनीदेखि ५० रोपनीको क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।

यो पनि
कृषिले आत्मनिर्भरतातर्फ भुस्मे गाउँ
जसको काम देखेर गाउँलेहरू तरकारी खेतीमा लागे



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested