English

नेपाल टेलिकम मार्फत इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध



ग्राहकहरूको सहजताका लागि नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध गराएको छ । यही भदौ १ देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक मध्ये ग्राहकले आफूलाई उपयुक्त अफर छनोट गरी प्रयोग गर्न सक्ने छन् ।

इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध छ । त्यसैगरी विक्ली अफर अन्तर्गत (एक हप्ता) ७ दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरू क्रमशः रु. २५९ मा र रु. ७५९ मा उपलब्ध छन् ।

एक्सेस कोडहरू ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ ।

यो प्याकेज खरिद गर्नका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरी 7 नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ । साथै कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।

यो पनि…
नेपाल टेलिकमले सुरु गर्‍यो ‘एनटीटीभी’ एपको परीक्षण
नेपाल टेलिकमको एपमा थपियो नयाँ सुविधाहरू, अब एपबाटै केवाइसी अपडेट गर्न सकिने



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०