English

१४ हिमाल आरोही

विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने दोलखाकै पहिलो आरोही निमा ग्याल्जेन शेर्पा


दोलखा जिल्ला, गौरीशंकर गाउँपालिका, रोल्वालिङ गाउँका निमा ग्याल्जेन शेर्पाले आज बिहान ९ बजे पाकिस्तान स्थित गेशरबुम–१ (जि १) हिमालको सफल आरोहण गरेसँगै विश्वका सबैभन्दा अग्ला १४ हिमालहरुको आरोहण गर्ने दोलखा जिल्लाकै प्रथम आरोही भएका छन् ।

शेर्पाले कृत्रिम अक्सिजनको प्रयोग नगरी यो सफल आरोहण गरेका हुन् ।

यसअघि उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस’ मा हिमाल आरोहण सम्बन्धी दुईवटा रेकर्डहरु राखिसकेका छन् । शेर्पा ‘नेपाल भ्रमण वर्ष–२०११’ को सद्भावना दूत समेत थिए ।

शेर्पाले सगरमाथा ९ पटक, मनास्लु ७ पटक, ल्होत्से र मकालु ३–३ पटक, चोयु र अन्नपूर्ण २–२ पटक र के २, कंचनजंघा, धौलागिरी, नांगा पर्वत, जि १, जि २, ब्रोड पिक, सिसापाङ्मा हिमालहरु एक एक पटक आरोहण गरिसकेका छन् ।

डोल्मा आउटडोरका अध्यक्ष समेत रहेका शेर्पासँगै ताइवानी आरोही ग्रेस सेन र दोलखा जिल्ला, टासिनाम गाउँका आरोही निङ्मा दोर्जे तामाङले पनि जि १ हिमालको सफल आरोहण गरेका हुन् ।

यससँगै आरोही ग्रेस सेनले पनि विश्वका सबैभन्दा अग्ला १४ मध्ये १२ हिमालको सफल आरोहण गरेका छन् । केवल २२ दिनभित्र आठ हजार मिटरका चार हिमालहरु कृत्रिम अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेका किर्तिमानी आरोही ग्रेस सेन यस्तो कृर्तिमान राख्ने कान्छा आरोही पनि हुन् ।

यसैगरी,आरोहीको यो टिमले केवल ४२ दिनभित्र पाकिस्तानस्थित पाँचैवटा आठ हजार मिटरका हिमालहरु आरोहण गरी अर्को किर्तिमान पनि रचेका छन् ।

यो पनि…
सगरमाथाको चुचुरोमा ‘हिउँ चितुवा’ बाजेलाई नातिको समर्पण
नेपाली आरोही केटु आरोहणतिर



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested