English

एकैपटक २३ सय भन्दा धेरैलाई कोरोना, काठमाडौं उपत्यकामा मात्रै एक हजार बढी संक्रमित



बुधवार मात्र देशभर २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा गत सोमवारदेखि आजसम्म २३ हजार ९ सय पीसीआर परीक्षण भएकोमा ५ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमै ७ सय ९३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ५८१ रहेको छ ।

No photo description available.

त्यस्तै संस्थागत आइसोलेसनमा ८३६ र होम आइसोलेसनमा ९ हजार ४४६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै देशभर आज ८ हजार ८४४ जनाको पीसीआर नमूना परीक्षण भएका छन् भने ८०३ जनाको एन्टीजेन परीक्षण भएको छ । गत २४ घण्टामा पीसीआर विधिबाट २ हजार २ सय २० र एन्टीजेन विधिबाट १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै बुधवार नेपालमा २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत चौबीस घन्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ११२ पुगेको छ ।

No photo description available.

बुधवार काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ जना गरी १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर अहिले ८६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २८७ रहेको छ भने १८० जना आइसीयू र ४७ जना भेन्टिलेटरमा रहेका छन् ।

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.No photo description available.



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested