फिफा प्रतिबन्धबाट हट्यो पाकिस्तान
दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ ।
फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।
तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसंगै फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफलाई प्रतिबन्ध लगाएको थियो । फिफाले हिजोकै मितिबाट प्रतिबन्ध हटाएको जनाएको छ ।
फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको छ । यस्तै, फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएमा फेरि प्रतिबन्ध गरिने जनाएको छ ।
यो पनि…
आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन