English

राहुल द्रविड भन्छन्– कोहलीबाट शतक चाहिँदैन



भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले करिब एक वर्षयता शतक प्रहार गर्न सकेका छैनन् । कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटको तीनै फर्म्याट (टी–२०, एकदिवसीय र टेस्ट) मा आफ्नो व्याटबाट शतक प्राप्त गर्न सकेका छैनन् ।

जसकारण कोहली अहिले निकै विवादित र आलोचित पनि । कसैले कोहलीलाई साथ दिएका छन् भने कसैले आलोचना गरेका छन् । यस्तोमा टिम भारतका मुख्य प्रशिक्षक राहुल द्रविडले भने कोहलीको समर्थन जनाएका छन् ।

द्रविडले समर्थनलाई जवाफ दिँदै कोहलीबाट शतक आवश्यक नभएको बताएका छन् । उनले शतकभन्दा पनि टोलीको जित पहिला प्राथमिकता भएको जनाएका छन् । राहुलले भनेका छन्, ‘कोहली ३० वर्षमै गलत लयमा छन् भन्ने कुरामा म सहमत छैन । मैले अहिलेसम्म जति देखे‌ सबैभन्दा मेहनती व्यक्ति नै कोहली हो । अभ्यासमा उनले जसरी खेलिरहेका छन् । त्यसमा उनी सही लयमा छन् ।’

मान्छे शतकको नै सफलता मान्छन् । तर हामी जित चाहन्छौं । विराट कोहली ड्रेसिङ रुममा हुन्छन् त कसैको लागि प्रेरित बन्दछन् ।

‘मान्छे शतकको नै सफलता मान्छन् । तर हामी जित चाहन्छौं । विराट कोहली ड्रेसिङ रुममा हुन्छन् त कसैको लागि प्रेरित बन्दछन्,’ द्रविडले कोहलीको पक्षमा बोल्दै भनेका छन् ।

कोहलीले सन् २०१९ यता तीनै फर्म्याटमा शतक प्रहार गर्न सकेका छैनन् । कोहलीले पछिल्लो समय कोलकात्तामा बंगलादेशविरुद्ध भएको दिवा रात्री टेस्ट क्रिकेटमा शतक प्रहार गरेका थिए । हाल भने भारतले इंग्ल्यान्डसँग तीनै फर्म्याटमा शृंखला खेल्दैछ । जसका लागि भारतले रोहित शर्माको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।

यो पनि…
आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested