English

मोर्गनले लिए अन्तर्राष्ट्रिय खेलबाट संन्यास



इङ्ल्यान्ड क्रिकेट सीमित ओभरका कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । १६ वर्षे लामो क्रिकेट करियरमा मोर्गनले इङ्ल्यान्डलाई पहिलो एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए ।

इङ्लिस क्रिकेटको सबैभन्दा सफल मध्येका एक मोर्गनले १२६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इङ्ल्यान्डको कप्तानी सम्हाले । यसमध्ये इङ्ल्यान्डले ७६ खेलमा जित हासिल गरेको थियो ।

मोर्गनले इङ्लिस टिमबाट कुल २४८ अन्तर्राष्ट्रिय खेल खेले । जमसमा १४ सतकसहित उनले सात हजार सात सय एक रन बनाए । टेस्ट क्रिकेटमा पर्याप्त मौका नपाएका मोर्गनले १६ खेलमा दुई सतकसहित सात सय रन बनाएका छन् ।

यस्तै, मोर्गनले ७२ ट्वान्टी २० खेलमा इङ्ल्यान्डको कप्तानी सम्हाले । यसमध्ये ४२ खेल इङ्लिस टिमले जितेको थियो ।

कुल एक सय १५ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेलेका मोर्गनले यसमा दुई हजार चार सय ५८ रन बनाए । आयरल्यान्डमा जन्मिएका मोर्गनले क्रिकेट करियरको सुरुवात पनि आयरल्यान्डबाट नै गरेका थिए । उनले आयरल्यान्डबाट सन् २००६ मा स्कटल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । पहिलो खेलमा नै मोर्गनले ९९ रनको इनिङ खेलेका थिए ।

यो पनि…
एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested