English

फिफाद्वारा भारतीय फुटबललाई चेतावनी



विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) लाई प्रतिबन्धबाट बच्नका लागि १५ सेप्टेम्बरसम्ममा निर्वाचन सक्नुपर्ने अल्टिमेटम दिएको छ ।

भारतको उच्च अदालतले गत महिना समयमै चुनाव गराउन नसकेको र भारतको खेलकुद संहिताले तोकेको नियमहरू अनुरूप नियम परिमार्जन गर्न नसकेको भन्दै एआइएफएफको कार्यकारी समितिलाई भंग गरेको थियो ।

यसपछि अदालतले एआइएफएफ सञ्चालन गर्न र विगत १८ महिनादेखि रोकिएको निर्वाचन गर्न तीन सदस्यीय समिति बनाएको थियो ।

फिफा फुटबलमा राजनीतिक गतिविधिलाई पूर्णरुपमा बन्देज गर्दछ । यस्तो भएमा प्रतिबन्ध लगाउने गर्दछ । यसै कारण हाल दक्षिण एसियाली टोली पाकिस्तान फिफाको प्रतिबन्धमा छ ।

फिफा र एसियन फुटबल कन्फेडेरेसनले एफसीका महासचिव विन्ड्सोर जोनको नेतृत्वको टिममार्फत भारतीय फुटबलका पदाधिकारी र खेलकुद मन्त्री अनुराग ठाकुरलाई भेटेर तोकिएको समयमा निर्वाचन गराउन चेतावनी दिएको हो ।

‘एआइएफएफले फिफा र एएफसीको सिद्धान्तअनुसार नयाँ विधान बनाउन आवश्यक छ । भारतले हामीले दिएको मितिअनुसार आफ्नो निर्वाचन गर्ने आशा पनि व्यक्त गरेका छौँ,’ एएफसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एआइएफएफ फिफाको प्रतिबन्धमा परेमा भारतले यु १७ महिला विश्वकप आयोजनाको अधिकार गुमाउने छ । जुन यसै वर्षको अक्टोबरमा हुने तालिका छ । यस्तै, भारतीय राष्ट्रिय टिम र क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित हुनेछन् ।

यो पनि…
एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



सम्बन्धित खबरहरु

काठमाडौः राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजना पारा पौडी खेलाडीहरुलाई तालिम संचालन भएको छ । जापानबाट स्पोट्र्स फर टुमारो का

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

राष्ट्रिय खेलकुद परिषद्ले भर्खरै खोलिएको खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र राष्ट्रिय उच्च प्रदर्शन केन्द्रमा #Rhinos को फिटनेस परीक्षण र

Latest










Popular
Suggested