English

बेहुली होइन, यहाँ विवाहपछि बेहुला अन्माइन्छ !



तपाईले विवाह गरेपछि बेहुली अन्माएको देख्नुभएको होला । किनभने हाम्रो गाउँ,ठाउँमा विवाहपछि बेहुली अन्माइन्छ र बेहुलालाई जिम्मा लगाइन्छ । तर छिमेकी देश भारतमा बेहुली नभएर बेहुलालाई विवाहपछि अन्माएर विदा गरिने परम्परा रहेको छ । यो प्रथा भारतको मेघालयको खासी जनजातिमा विद्यमान छ ।

खासी जनजाति

यो एक मातृसत्तात्मक समाज हो । यो जनजातिले वंशीय परम्परा आमाको नाममा चलाउँछन् । यो समुदायमा आमाबुबाको सम्पत्तीमा पहिलो अधिकार छोरीको हुन्छ । केटाकेटीलाई आफूलाई मन परेको मानिस चुन्ने अनुमति दिइन्छ ।

खासी जनजाति

यो समुदायमा कुनै पनि प्रकारको दाइजो दिने परम्परा छैन । महिलाहरु आफ्नो इच्छाअनुरुप जुन कुनैबेला पनि विवाह तोड्न सक्दछन् । खासी मानिसको संख्या करिव ९ लाख रहेको छ ।

खासी जनजाति

उनीहरु धेरैजसो मेघालयमा नै बस्दछन् । केही भने असम, मणिपुर र पश्चिम बंगालमा पनि छन् । उनीहरु झुम खेती गरेर आफ्नो जीविकोपार्जन गर्दछन् ।

खासी जनजाति

पहिला उनीहरु म्यानमारमा बस्दथे । त्यसपछि उनीहरु शरणार्थीको रुपमा भारत पसे । उनीहरुको भाषा खासी हो । त्यहाँ यिनीहरुबाहेक गारो र जयन्तिया दुई जनजाति पनि रहेका छन् । उनीहरुको पनि यही प्रथा हो । उनीहरुको पनि विवाहपछि बेहुला बेहुलीको घर गएर बस्छ ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested