‘युवालाई काम चाहिएको छ, व्यवसायमा संरक्षण चाहिएको छ ’
कैलालीको टीकापुर नगरपालिका–१ का गणेश शाही सात वर्ष वैदेशिक रोजगारमा रहेर घर फर्किका छन् । ऊर्जावान् उमेरको महत्वपूर्ण समय विदेशमा बिताएका उनी अब आफ्नै क्षेत्रमा केही गर्ने मनसायका साथ लागिपरेका छन् ।
‘विदेशमा कमाएर जिन्दगीभरिलाई नहुँदोरहेछ । काम सानै भए पनि आफ्नै देशमा गर्नसके त्यसले जीवनभरलाई हुन्छ ।’ शाहीले भभन्छन्, ‘मेरो विदेश जाने मनसाय अब छैन । आफ्नै क्षेत्रमा केही गर्न चाहान्छु ।’ स्थानीय सरकार नजिकको सरकार भएकाले होला धेरै अपेक्षा युवाहरुकै हुन्छ । उनले स्थानीय सरकारले आफ्नै क्षेत्रमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेटमा युवाका लागि लोकप्रिय कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् ।
टीकापुर नगरपालिका–२ का पदम सापकोटा एक दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छन् । केही वर्षदेखि पत्रकारिता सँगसँगै व्यावसायिक कृषिखेतीमा लागेका उनलाई अहिले पछाडि फर्केर हेर्नु परेको छैन । पत्रकारिताबाट त्यत्तिको सफलता प्राप्त गर्न नसकेका सापकोटाले कृषिबाट भने राम्रो आम्दानी गर्दै आएका छन् । स्थानीय दैनिक पत्रिका चलाउँदै आएका उनी स्थानीय सरकारले आगामी आर्थिक वर्षमा युवाका भावनालाई समेटेर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् ।
स्थानीय सरकारले आफ्नो पालिकाभित्रका युवाको संरक्षण गरेर काम गर्न सक्यो भने देखेको विकास र समृद्धिको यात्रा लामो छैन । विशेषगरी उत्पादन भएको बस्तुको बजारीकरणको जिम्मा मात्रै स्थानीय सरकारले लिनसके पनि थुप्रै युवा व्यवसाय तिर मोडिन सक्छन् ।
नगरपालिकालाई युवा परिचालन नीति ल्याउन आग्रह गर्दै सापकोटाले क्षमताका आधारमा युवालाई नगरको विकासमा जोड्न सक्नुपर्ने र राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्थासमेत गर्न माग गर्दै आएका छन् । ‘युवालाई रोजगार र काम चाहिएको छ । उत्पादित वस्तुको बजारीकरण चाहिएको छ । त्यो वातावरण स्थानीय सरकारले बनाउन सक्नुपर्छ,’ उनी भन्छन्, ‘स्थानीय सरकारले आफ्नो पालिकाभित्रका युवाको संरक्षण गरेर काम गर्न सक्यो भने देखेको विकास र समृद्धिको यात्रा लामो छैन । विशेषगरी उत्पादन भएको बस्तुको बजारीकरणको जिम्मा मात्रै स्थानीय सरकारले लिनसके पनि थुप्रै युवा व्यवसाय तिर मोडिन सक्छन् ।’
टीकापुर नगरपालिका–३ का राजेन्द्र विश्वकर्मा पनि सामाजिक अभियन्ताका रुपमा काम गर्दै आएका छन् । विशेषगरी समाजका लागि एक घण्टा अभियानका अभियान्ता उनी स्थानीय तहको बजेटमा नयाँपनको खोजीमा छन् । विगतका वर्षमा बजेटले युवालाई कतै पनि समेट्न नसकेको बताउँदै विश्वकर्माले स्थानीय सरकार र युवाको संयुक्त लगानी रहने खालका कार्यक्रममा जोड दिनुपर्ने बताए ।
तालिम दिएर, सीप सिकाएर मात्रै रोजगारी पाउने सम्भावना छैन । पहिला स्रोतको पहिचान गरेर मात्रै सीपका लागि लगानी गर्दा राम्रो होला । विगतमा तालिम लिएर बसेकालाई व्यवस्थापनको बाटो स्थानीय सरकारले खोज्न सक्नुपर्छ ।
‘बजेटले स्थानीय युवालाई रोजगारसँग जोड्ने खालका कार्यक्रम बनाउनुपर्छ । त्यसका लागि स्थानीय सरकार र युवाको साझा लगानीमा थुप्रै काम गर्न सकिन्छ त्यसले रोजगारी पनि सिर्जना गर्छ भने नयाँ कामको सुरुआत पनि हुन्छ,’ विश्वकर्मा भन्छन्, ‘तालिम दिएर, सीप सिकाएर मात्रै रोजगारी पाउने सम्भावना छैन । पहिला स्रोतको पहिचान गरेर मात्रै सीपका लागि लगानी गर्दा राम्रो होला । विगतमा तालिम लिएर बसेकालाई व्यवस्थापनको बाटो स्थानीय सरकारले खोज्न सक्नुपर्छ ।’
टीकापुरकै बबरजङ्ग शाही लामो समयदेखि टीकापुरमा कराँते प्रशिक्षण गर्दै आएका छन् । उनले अहिले पनि २०० भन्दाबढी युवा तथा बालबालिकालाई कराँते प्रशिक्षण गर्दै आएका छन् । पछिल्लो समयमा युवा कुलतमा फस्दै गएकाले तिनलार्ई खेलकुदका माध्यमबाट सही मार्गमा ल्याउन सकिने हुँदा स्थानीय सरकारले खेलकुद क्षेत्रलाई महत्वका साथ हेर्नुपर्नेमा जोड दिँदै आएका शाही भन्छन्, ‘स्थानीय सरकारले युवालाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ । पालिकाको प्रत्येक विकासका काममा युवाको सहभागिता गराउन सक्नुपर्छ ।’ उनी भन्छन्, ‘युवालाई काम चाहिएको छ । व्यवसायमा संरक्षण चाहिएको छ । युवाको संरक्षणकर्ताकारुपमा स्थानीय सरकार अगाडि आउनुपर्छ ।’
युवाले स्थान पाएका छैनन् । नीति निर्माण र सरोकारका विषयमा युवालाई नगर सरकारले स्थान दिन्छ । हाम्रो समृद्ध नगरको परिकल्पना साकार पार्नका लागि युवालाई स्वयंसेवकका रुपमा साथमा लिएर अगाडि बढ्छौँ ।
टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कस्ता नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने भन्ने विषयमा विभिन्न सरोकारवालासँग छलफल गर्दै आएको छ । नगर प्रमुख रामलाल डगौँरा थारु आवश्यकताका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिने बताउछन् । भएको स्रोतसाधनको समुचित प्रयोग गरेर नगर समृद्धिको योजना तय गर्ने उनको भनाइ छ ।
‘हामीसँग थुप्रै सम्भावना छन् । ती सम्भावनालाई पहिचान गरी युवालाई नगरको विकास र समृद्धिमा प्रत्यक्ष जोड्न उत्पादनलाई विशेष महत्वका साथ राखिएको छ,’ नगर प्रमुख डगौँरा भन्छन्, ‘युवाले स्थान पाएका छैनन् । नीति निर्माण र सरोकारका विषयमा युवालाई नगर सरकारले स्थान दिन्छ । हाम्रो समृद्ध नगरको परिकल्पना साकार पार्नका लागि युवालाई स्वयंसेवकका रुपमा साथमा लिएर अगाडि बढ्छौँ ।’
हामी छिट्टै लगानी सम्मेलनमार्फत नगरमा राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय लगानी भित्र्याउने योजनाका साथ अगाडि बढेका छौँ, त्यसको आर्थिक क्षेत्रको पाटो मजबुत हुनाका साथै रोजगारीका अवसरसमेत सिर्जना हुनेछ र युवालाई व्यवसायी तथा स्वरोजगार बन्न मद्दत पुग्नेछ ।
नगरपालिकामा आन्तरिक स्रोतसाधनबाटै थुप्रै युवालाई समेट्न सकिने र रोजगारीका अवसरलाई स्थापित गर्नकै लागि नगरपालिकाले लगानी सम्मेलनको तयारी गरिरहेको नगरका उपप्रमुख खड्कबहादुर शाह बताउछन् ।
‘हामी छिट्टै लगानी सम्मेलनमार्फत नगरमा राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय लगानी भित्र्याउने योजनाका साथ अगाडि बढेका छौँ,’ उनी भन्छन्, ‘त्यसको आर्थिक क्षेत्रको पाटो मजबुत हुनाका साथै रोजगारीका अवसरसमेत सिर्जना हुनेछ र युवालाई व्यवसायी तथा स्वरोजगार बन्न मद्दत पुग्नेछ ।’
यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो