English

‘वामगठन्धन छाडौं, लोकतान्त्रिक गठबन्धन बनाऔं’



महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले लोकतान्त्रिक गठबन्धन निमार्ण गरेर संघीय संसदीय निर्वाचनमा जानुपर्ने एजेन्डा अघि सारेको छ ।

नेपाली कांग्रेसले वामपन्थी शक्तिसँग निरन्तर गठबन्ध गरेर अघि बढ्दा लोकतान्त्रिक मूल्य मान्यतामा कालान्तरमा ह्रास आउने र वामपन्थी शक्ति झन् बलियो बन्दै जाने तर्क गर्दै लोकतान्त्रिक गठबन्धन बनाउन जोड गरेको हो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक पटक भेटेका अध्यक्ष ठाकुर स्वयंले सो विषय उठान गर्दै आएका छन् ।

स्थानीय तहको निर्वाचनमा हेर्दा कांग्रेसले जित हासिल गरेको भए पनि कुल परिणाममा हेर्दा वामपन्थी शक्तिहरूको मत बढाउने काम स्वयं कांग्रेसले गरेको छ, आफ्नै खुट्टामा बञ्चरो नहान्नुहोस् ।

‘तपाइँले अहिले गठबन्धन गरेका सबै दल वामपन्थी दल हुन, निरन्तर सोही दलसँग गठबन्धन गरेर जानुभयो भने कालान्तरमा लोकतान्त्रिक शक्तिहरू क्रमशः कमजोर हुँदै जानेछन्, यसमा पुनर्विचार गर्नुपर्ने देखिन्छ,’ ठाकुरको प्रस्ताव छ, ‘स्थानीय तहको निर्वाचनमा हेर्दा कांग्रेसले जित हासिल गरेको भए पनि कुल परिणाममा हेर्दा वामपन्थी शक्तिहरूको मत बढाउने काम स्वयं कांग्रेसले गरेको छ, आफ्नै खुट्टामा बञ्चरो नहान्नुहोस् ।’

संख्यात्मक हिसाबले नेकपा एमाले दोस्रो भए पनि जनमतको हिसावले नेकपा एमाले पहिलो दल रहेको उल्लेख गर्दै कांग्रेसले गठबन्धन गरेका नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल वामपन्थी शक्ति रहेको तर्क गर्दै ठाकुरले कांग्रेसले वामपन्थी शक्तिहरूलाई मत माग्दै हिड्न नहुने तर्क गरेका छन् ।

मुलुकभर वामपन्थी शक्तिहरूको बढी मत कायमै रहेको बखतमा कांग्रेसले गठबन्धनको नाममा झन् मत बढाउने काम गर्दा लोकतान्त्रिक शक्तिहरूमा दिन प्रतिदिन क्षयीकरण हुँदै गएको ठाकुरको तर्क छ ।

मुलुकमा यसै पनि वामपन्थी शक्तिहरूको मत बढी छ, यसमा कांग्रेसले थप सहयोग गरिरहेको छ, यो चिन्ताको विषय हो, त्यसैले पार्टीले लोकतान्त्रिक गठबन्धनको एजेन्डालाई स्थापित गर्नेतर्फ लाग्नुपर्छ ।

गत साता सम्पन्न लोकपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकमा पनि ठाकुर, शरदसिंह भण्डारीलगायतले लोकतान्त्रिक गठबन्धनको एजेन्डालाई बहसको विषय बनाउनुपर्ने विषयमा छलफल चलाएका थिए ।

‘मुलुकमा यसै पनि वामपन्थी शक्तिहरूको मत बढी छ, यसमा कांग्रेसले थप सहयोग गरिरहेको छ, यो चिन्ताको विषय हो, त्यसैले पार्टीले लोकतान्त्रिक गठबन्धनको एजेन्डालाई स्थापित गर्नेतर्फ लाग्नुपर्छ । यसमा कांग्रेससँग कुन मोडेलमा सहकार्य हुने हो ? त्यो बारेमा पार्टीले धारणा बनाउनुपर्छ ।’ उनको प्रस्तावलाई पार्टीमा बहुमत सदस्यले समर्थन गरेको एक केन्द्रीय कार्यकारिणी समिति सदस्यले भने ।

हाम्रो जोड लोकतान्त्रिक गठबन्धन बनाउनुपर्छ भन्नेमा हो, यसमा सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्छ, यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने नै हो ।

सोमबार बिहान ११ बुँदे ज्ञापनपत्रका विषयलाई लिएर प्रधानमन्त्री देउवालाई भेटेका ठाकुर र भण्डारीलगायतका नेताले सोही विषय उठान नगरेपछि यसअघि नै सो विषय प्रस्तावित भइसकेको छ । ‘आजचाहिँ ११ बुँदे ज्ञापनपत्रका विषयमा मात्र छलफल भयो । लोकतान्त्रिक गठबन्धनको विषयमा छलफल हुन पाएन,’ भण्डारीले भने, ‘हाम्रो जोड लोकतान्त्रिक गठबन्धन बनाउनुपर्छ भन्नेमा हो, यसमा सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्छ, यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने नै हो ।’

बलियो लोकतन्त्रका लागि लोकतान्त्रिक शक्तिहरू एकजुट नभएमा मुलुकका क्रमशः अप्ठयारो स्थितिमा पर्दै जाने लोसपा नेता भण्डारीको भनाइ छ ।

यो पनि…
ओलीले चुट्कीमै भाँड्लान् गठबन्धन ?
तालमेलमा एकात्मकता रहन सत्तारूढ गठबन्धनको निर्देशन



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ