एक महात्मा गान्धी उनैका देशमा उनलाई हेर्ने विभिन्न दृष्टिकोण
छिमेकका दुर्गण पनि प्रभाव पर्छ, सदगुणको प्रभाव पर्छ । सहयोग पनि हुन्छ, असहयोग पनि हुन्छ । स्वार्थ पनि हुन्छ, वसाई सराउने मेलो पनि हुन्छ, सदभाव र सहयोगले छिमेकले छिमेकीलाई दह्रो पाराले आत्मियता बढ्दै गर्छ असल, इमान्दार, सहयोगी छिमेकी पनि बन्न सक्छ । घरखेत खाई दिने खोज्ने छिमेकी पनि हुन्छन् । विश्व क्रान्तिको प्रभावहरु छिमेकीबाट अझ धेरै पर्छ । भारतको स्वतन्त्रता आन्दोलनले राणा विरोधी आन्दोलन गर्ने र नेपाली काँग्रेस जन्मन मद्दत गर्यो । त्यसै गरी सन् १९१७ को लेनीनको क्रान्तीको विचारले भारतमा प्रभाव पर्यो, चिनिया क्रान्तिको लहरले नेपालमा भारितयहरुकै सहयोगमा कम्यूनीष्ट पार्टी जन्मीन पुग्यो ।
जयप्रकास, राममनोहर लोहियाको विचारले नेपालमा प्रजातान्त्रीक समाजवादको विचारको विउ रोपिन पुग्यो भने भारतका कम्यूनीष्ट नेताहरु जो चिनिया क्रान्तिबाट प्रभावित हुदै थियो । त्यसको प्रभावमा नयाँ जनवादी क्रान्तिको नेपालमा कम्यूनीष्टहरुको न्यूनतम कार्यक्रम पनि बन्न पुग्यो । अध्ययन, अनुसन्धान तत्कालिन विभिन्न वाद बोक्ने नेताहरुले गरे होलान् । नेपाली माटोको अनुसारको तत्कालिन परिवेस उहाहरुको सामर्थ्य अनुसार आएको कार्यक्रम होला । यिनै यस्तै प्रभावहरु विच भारतका स्वतन्त्रता आन्दोलनको नेतृत्व अहिंसावादी गान्धीको वारेमा तत्कालिन परिवेशमा उनी प्रति भारतीय पक्ष विपक्षीका नेताहरुको दृष्टिकोण के थियो खोज्न मनलाग्यो । उनी विश्वमा प्रभाव पार्न सक्ने नायक मध्ये एक हुन् । परिवर्तन लगायत सकारात्मक सोचकालागि अहिंसाको माध्यमबाट प्राप्त हुन्छ भन्ने निस्कर्ष निकाल्दै त्यसलाई पूरा गर्ने नायक हुन् । उनको राजनैतिक चिन्तन संग लेना देना छैन । राजनीतिक चिन्तन प्राप्तीका लागि अहिंसा पनि एउटा जिवित सत्य हो भन्ने कुरा चाहिँ महसुस भएको छ ।
नेपालमा उनको प्रभाव हिजो थियो, आज पनि केही छ । भारत स्वतन्त्रताको प्राप्तिका लागि एकल अहिंसावादी सोच र चिन्तन मात्र कारक होइन । सन् १८५७ को शशस्त्र विद्रोह देखि भगतसिंह, चन्द्रशेखर र सुवास चन्द्र वोसको आजाद हिन्द फौजको पनि योगदान थियो । गान्धी को सन १९२० पछि भारतमा प्रभाव पर्न थालेपछि अहिंसाको धारले अन्य धारलाई छायामा पार्दै लग्यो । हिजो गान्धी प्रति आलोचनात्मक दृष्टिकोण राख्ने कम्यूनीष्टहरु, गान्धीका कट्टर आलोचक राष्ट्रिय स्वयं सेवक संघ, गान्धीको नाम बेचेर सत्ता सुख भोग गर्ने भारतीय राष्ट्रिय काँग्रेस या फुट पछि विभिन्न नामाकरण भएका काँग्रेसहरु विच दोवाटोमा उभ्याएका गान्धी र गान्धीको सोच, चिन्तन प्रति मूलत आजको भारतको सत्ताधारी पार्टी भारतीय जनता पार्टीको माउ संगठनको स्थापनाकाल देखि आजसम्म गान्धी प्रति हेर्ने दृष्टिकोण, मूस्लीम लिगको गान्धी प्रतिको दृष्टिकोण, गुजरातमा सवै भन्दा अग्लो शालीक को जिवित अवस्थमा गान्धी प्रतिको दृष्टिकोणलाई साभार गर्न मन लाग्यो । उनी के थिये के गरे ? विश्वमा के प्रभाव परेको छ, उनका गुण र वैगुण के थिए, भन्सारका पूर्व सुब्बा कृष्ण प्रसाद कोइरालामा उनको के प्रभाव परेको थियो । आर्य समाजी नेपाली शहिद शुक्रराज शास्त्रीमा के प्रभाव थियो, त्यता केन्द्रित हुन चाहिन ।
छिमेकीको राष्ट्रियता प्रति छिमेककै मान्छेहरुका उनी संग अन्र्तविरोध चलाइ राखेकाहरुको उनी प्रतिको दृष्टिकोणलाई समावेश गर्न खाजेको हो । ति दृष्टिकोणहरु ठिक थिए या थिएन त्यता तिर मनोगत धारणा राख्दिन । भारतका प्रख्यात लेखक विपिन चन्द्रको किताब शायद २०१४ अगाडी किनेको हुनुपर्छ । सो किताब साम्प्रदायिकता विरोधीमा लेखिएको किताब थियो तर मैले सार होइन भनाइलाई मात्र लिएको हुँ । त्यसैको पुनः अध्ययन गर्दा केही लेख्ने विचार आयो । मुलतः गान्धी प्रतिको दृष्टिकोण साम्प्रदायिकता एक प्रवेशिका बाट सापटी लिएको छु । गान्धी प्रति दृष्टिकोणको आलेख लाई तयार गर्दा गान्धीलाई असम्मान गर्न खोजेको होइन । एक गान्धी प्रति सकारकात्मक नकारात्मक दुवै दृष्टिकोण हुँदो रहेछ । भारतमा सन् १९३७ देखि तिव्र गतिमा साम्प्रदायिकता युग सुरु भएको देखिन्छ । पाकिस्तानका संस्थापक जिन्नाको तर्कमा भारतमा २ राष्ट्र मूस्लिम र हिन्दूको छ भन्थे भने हिन्दू महासभाको विनायक दामोद सावरकर र राष्ट्रिय स्वयंसेवक संघका माधव सदाशिव गोलवलकर हरुको मान्यतामा भारत एक मात्र हिन्दू राष्ट्र हो, दुई राष्ट्र होइन भन्ने मान्यता राख्थे ।
गान्धी प्रति भारतका मध्यमधार प्रजातान्त्रिक समाजवादीहरु, जयप्रकास, नेहरु, लोहिया, लगायतका नेताहरु आदर्श मान्थे, आदर्श पनि सिर्फ आदर्श मात्रमा सिमित राख्थे । मूस्लीम लिग जसले पाकिस्तान बनायो उसले गान्धीलाई हिन्दुवादी भन्थीयो भने हिन्दू महासभा, आर एस. एस. जस्ता हिन्दूवादी संगठन मूस्लीम हितमा काम गर्नेको रुपमा गान्धी लाई चित्रित गर्थे । मुहम्मद अलि जिन्नले सन् १९४०मा मूस्लीम लिगको अध्यक्षको नाताले काँग्रेसलाई हिन्दुत्वको पुनरस्थन र पुनस्र्यापनाको उपकरण बनाए भने गान्धीलाई आरोप लगाए । रामराज्यको गान्धीको सपनालाई सधै सरापी नै रहे । मार्च १९४० मो जिन्नाले अलिगढको छात्राहरुलाई संवोधन गर्दै भने मिस्टर गान्धीको कोसिस नै मूस्लीमलाई दवाएर हिन्दू राज्य भीत्र बस्न विवस पार्ने छन् ।
जवदेखी महात्माको उदय भयो र उनको तानशाही काँग्रेस बढीरहेको छ । काँग्रेसले यस्तो रवैया अपनाइरहेको छ । हिन्दुको हितको मूल्यमा मूस्लीम समर्थक मानसिकता भन्न सकिन्छ ।
आर.एस.एस. जस्ता संस्थाहरुले हिन्दू राष्ट्र प्रति गद्दारी गर्ने र भारतलाई दुई भागमा विभाजित गर्ने नायकको रुपमा गान्धीलाई हिन्दु विच पेश गरे । गान्धी विस्तारै भारतलाई उपनिवेशबाट मूक्त गराउने नायक हुदै थिए । सन् १९३९ मा माधव सदाशिव गोलवलकर भने “अनौठो धेरै अनौठो कुरा हुदैछ गद्दारलाई राष्ट्रिय नायकको रुपमा स्थापित गरिदैछ, देशभक्तहरुको किचड उछाली रहेका छन् । सन् १९४४ मा सावरकरले भने के स्वयं गान्धीले अलिभाईको साथ मिलेर पठानद्वारा अफगानीस्तान माथी हमला गर्ने षडयन्त्र रचेका थिएनन् र ? हिन्दू महासभाको नेता डा. मुन्जेले सन् १९३८ मा लेखेका थिए ‘जवदेखी महात्माको उदय भयो र उनको तानशाही काँग्रेस बढीरहेको छ । काँग्रेसले यस्तो रवैया अपनाइरहेको छ । हिन्दुको हितको मूल्यमा मूस्लीम समर्थक मानसिकता भन्न सकिन्छ ।’
हिन्दुत्वको रक्षाको नाममा गान्धीको हत्या भयो । सो हत्यालाई भारतका बल्लभ भाई सरदार पटेलले लेखेको चिठीमा उनीहरुको सारा भाषणमा साम्प्रदायिक विषय भरिएको र यही विषकै वातावरणमा एउटा स्थिति यस्तो बन्यो जसले भयानक दुर्घटना (गान्धीजीको हत्या) भयो । सवै उदाहरणहरु विपिन चन्द्रको किताबबाट लिएको हु । सा पुस्तक नेशनल बुक ट्रस्ट, इण्डियाबाट प्रकाशित भएको हो । गान्धी भारतका सर्वमान्य राष्ट्रपिता बन्न पाएन, बन्न दिएनन्, किताब र नोटमा भलै राष्ट्रपिताको दर्जा दिएको होस । गान्धीको आदर्श गान्धी संगै गयो । त्यो जवाहरलाल नेहरु देखि मनमोहन सिंह सम्म कसैले सत्यको रुपमा पछ्याउन सकेनन् । त्यसपछिको दिनमा आर.एस.एस.को जगमा खडा भएको जनसंघ पछि भारतीय जनता पार्टीको रुपमा परिणत भएको पार्टीको सत्ता छ ।
आज गान्धी प्रतिको आलोचनालाई स्वतन्त्रता संग्राम अघी देखि शिक्षा दिक्षाको मूर्तरुप आजको भारत हो । गान्धी ठिक ठिए, जिन्ना गलत थिए या जिन्ना गलत थिए सावरकर को जमात ठिक थिए भन्न खोजीएको होइन । साम्प्रदायिकता भीत्र बसेर गान्धी खोज्ने कि ? बाहिर बसेर खोज्ने र मूल्याङ्कन गर्ने यो नितान्त मेरो म माथिकै प्रश्न हो । माओ गान्धी माक्र्स, जंगबहादुर र पृथ्वीनारायण, विपि, पुष्पलाललाई फ्यूजन गरी व्यूख्याचा बनाएको वातावरणमा उब्जेका प्रश्नहरु हुन । गान्धी प्रति या उनका विरुद्ध बोल्ने प्रति म छिमेकी नाताले मेरो कुनै पूर्वाग्रह छैन । गान्धी मेरो बुवाको पुस्ताको अतित हुन् । गान्धी देखि लिएर मार्क्स माओ, विपी र पुष्पलाललाई सम्मान छ । के हामी गान्धी बोक्नेहरु माक्र्स बोक्नेहरु माओ विपी पुष्पलाल बोक्नेहरु उहाँहरुको तत्कालिन विचारहरु प्रति हामीले सम्मान गरेका छौ ? सकारात्मक विचारलाई ग्रहण गरेका छौं त? यिनै प्रश्नहरु बीच दोवाटोमा म पनि उभिएको छु । यस्तै कैयौं अरु पनि उभिएका होलान् ।
यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
भष्मेश्वर घाट र चिताको आगोको साक्षि मलामी !