English

यी ६ नायिका जसले कपाल खौरिए



अभिनेत्री केकी अधिकारीले कपाल मुन्डन गरेको प्रसंग यतिबेला फिल्मबृत्तमा चर्चित छ । उनले कपाल मुन्डन गर्नुको कारणबारे फ्यानहरूबीच पनि उत्तिकै कौतुहलता रहेको बुझिन्छ ।

कपाल महिलाहरूको सुन्दरतासँग जोडिन्छ । आफ्नो कपाललाई लिएर उनीहरू निकै सचेत पनि हुन्छन् । महिलाको ३२ लक्षणको परम्परागत मापनमा लामो तथा कालो कपाल पनि पर्छ । पुरुषहरूले कपाल खौरदा भने खासै अचम्म मानिदैन ।

अभिनेत्रीहरू हम्मेसी कपाल मुन्डन गर्दैनन् । फेरि ‘वीग’ पाइने हुनाले खौरिएरै देखाउनुपर्ने जरुरी पनि ठानिदैन । तर, रियालिटीको जमानामा नक्कली काम गरेर हुँदैन भन्नेहरू पनि उत्तिकै छन् । केकीको मुन्डन पछाडि यिनै कारण लुकेको अड्कल काट्न सकिन्छ ।

आज हामी कपाल मुन्डन गर्ने केही नायिकाहरूको बारेमा चर्चा गर्दैछौं । जसले जीवन्त अभिनयका लागि कपाल खौरिए भने केहीले रहरले पनि । सुरु गरौं केकी अधिकारीकै प्रसंगवाट–

केकी अधिकारी

नायिका केकी अधिकारीले केही दिन अघिमात्र कपाल मुन्डन गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । उनको यो फरक लुकले दर्शकहरूको ध्यान तान्यो । उनले कपाल मुन्डन गर्नुको कारण के हो भन्ने विषयमा धेरैलाई कौतुहल भयो ।

केकीले इन्स्टाग्रामको स्टोरीमा कपाल मुन्डन गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । उनले भिडियोमा लेखेकी थिइन् ‘चेन्ज इज ब्यूटीफूल, वल्र्ड इज ब्यूटीफुल ।’

नायिका केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’को लागि कपाल मुन्डन गरेको समाचार प्रकाशमा आएको छ । तर, हाम्रो जिज्ञासामा भने उनी खुलिनन् । यो प्रसंग हाललाई ‘सस्पेन्स्’ राख्ने उनको मनसाय देखियो ।

नायिका केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’को लागि कपाल मुन्डन गरेको समाचार प्रकाशमा आएको छ । तर, हाम्रो जिज्ञासामा भने उनी खुलिनन् । यो प्रसंग हाललाई ‘सस्पेन्स्’ राख्ने उनको मनसाय देखियो । तर आफूले धेरै माया गरेर पालेको कपाल काट्दा रुन मन लागेको उनको अनुभव रहेको छ ।

निशा अधिकारी

नायिका निशा अधिकारीको अभिनय सँगसँगै कपालको पनि चर्चा हुने गथ्र्यो । उनले पाँच बर्ष अघि अमेरिका पुगेर कपाल मुन्डन गरेको तस्बिर सामाजिक सञ्जालमा राखेपछि यो विषयमा थुप्रै चर्चा परिचर्चा भयो । निशाले कपाल मुन्डन गर्नुको कारणबारे थुप्रैले बुझ्न चाहे ।

मिसन पैसा, मायाज् बार, धुवाँ यो नशा, मुखौटो, पद्मिनीलगायतका नेपाली चलचित्रमा अभिनय गरेकी निशाले एक्कासी कपाल मुन्डन गर्दा फ्यानहरू अचम्ममा परे । कपाल मुन्डन गरेपछि उनले फेसबुकमा लेखेकी थिइन्, ‘मैले मुन्डन भएको प्रत्येक क्षण आनन्द लिएँ । तपाईले त्यहीं गर्नुपर्छ, जुन तपाईंको हृदयले चाहन्छ । कारण त्यति काफी छ ।’ कपाल मुन्डन गरेको दोस्रो दिन फेरि उनले लेखेकी थिइन्, ‘म कसैको दास होइन, स्वतन्त्र रूपमा बाँच्न चाहन्छु ।’

नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेर हाल अमेरिकामा बस्दै आएकी नायिका अधिकारीले गर्भावस्थाको बेलामा दोस्रो पटक पनि कपाल मुन्डन गरेकी थिइन् ।

सुरक्षा पन्त

नायिका सुरक्षा पन्तले पनि केही समय अघि कपाल मुन्डन गरेकी थिइन् । उनले आमा फिल्मको लागि कपाल मुन्डन गरेकी थिइन् । उनले कपाल मुन्डन गरेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि, उनका फ्यानहरूले उनको कपाल मुन्डनबारे थुप्रै प्रतिक्रिया दिएका थिए ।

सुरक्षाले कपाल मुन्डनको तस्विर सार्वजनिक गरेपछि फ्यानहरूबाट निकै तारिफ पनि बटुलेकी थिइन् । कामप्रति समर्पित नायिकाको रूपमा उनलाई फ्यानहरूले साथ दिए । उनले कथाको माग भनेर कपाल मुन्डन गरेकी थिइन् ।

चलचित्र आमाको कथासँग सुरक्षाको कपाल मुन्डनको कुनै अर्थ लाग्दैन । तर, पोष्टरमा राखिएको त्यही तस्बिरका कारण फिल्मले ब्यवसायिक सफलता हासिल गरेको अर्थ लगाउनेहरू पनि छन् ।

मनिषा कोइराला

चर्चित नायिका मनिषा कोइरालालाई केही बर्षअघि क्यान्सरले सतायो । क्यान्सर उपचारको क्रममा अमेरिकामा हुँदा उनले कपाल मुन्डन गरेकी थिइन् । क्यान्सर उपचारको क्रममा कपाल झर्ने समस्या भएको हुनाले उनले कपाल मुन्डन गरेको जनाएकी थिइन् ।

चिकित्सकका अनुसार क्यान्सरको उपचारका क्रममा दिइने किमोथेरापीले पनि कपाल स्वतः खुइलिन सक्छ । मनिषा क्यान्सरमुक्त भएको पनि ९ वर्ष भइसकेको छ । अहिले उनी क्यान्सरसम्बन्धि जनचेतना फैलाउने काममा व्यस्त छिन् ।

गौरी मल्ल

लोकप्रिय नायिका गौरी मल्लले पनि जापानमा रहँदा कपाल मुन्डन गरेकी थिइन् । त्यवेला उनले सामाजिक सञ्जालमार्फत् कपाल मुन्डन गरेको तस्विर सार्वजनिक गरेकी थिइन् ।

उनले एक अन्तरवार्ताको क्रममा भनेकी थिइन्, ‘म युवावस्थामा हुँदा इन्डियामा एकजना मोडल थिइन् पर्सिस खम्बाटा । उनले कपाल मुन्डन गरेको मलाई साह्रै मन परेको थियो । मलाई पनि पर्सिसको जस्तै कपाल मुन्डन गर्न मन थियो । तर, घरबाट स्वीकृति नपाएपछि काटिन । जापानमा रहँदा मैले सोंचे, यहाँ त मलाई रोक्ने कोइ छैन । यसरी मैले आफ्नो कपाल मुन्डन गर्ने इच्छा पुरा गरें ।’

उनी जापानमा रहँदा कपाल मुन्डन गरेको हुनाले उनको कपाल मुन्डनबारे नेपालमा त्यति धेरै चर्चा भएन ।

नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठले २०७५ सालमा फिल्म ‘जायरा’ छायाङ्कनको क्रममा कपाल काटेकी थिइन् । उनले कपाललाई ‘जिरो’ बनाएकी थिइन् ।

नम्रताले सामाजिक सञ्जालमा एउटा तस्विर सार्वजनिक गरेकी थिइन्, त्यसमा उनले कपाल एकदमै छोटो गरेर काटिएको थियो । झट्ट हेर्दा कपाल मुन्डन गरेर भर्खरै पलाएको जस्तो ।

नम्रताले एक्सन मुडमा केही युवाहरूसँगको तस्विर पोष्ट गरेकी थिइन्, क्याप्सनमा लेखिएको थियो, ‘जायरा टिम’ । यो तस्विरमा उनको लुकलाई लिएर धेरैले चासो देखाएका थिए । फिल्म जायरामा उनी बक्सिङ खेलाडीको रूपमा देखिएकी थिइन् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested