English

भारतमा वायु प्रदूषणबाट २३ लाख जनाको मृत्यु



प्रदूषणका कारण भारतमा सन् २०१९ मा २३ लाख भन्दा बढी मानिसको मृत्यु भएको एउटा अध्ययनले देखाएको छ । ल्यान्सेटले गरेको अध्ययनमा १६ लाख मानिसहरूको मृत्यु वायु प्रदूषणका कारण मात्र भएको थियो । त्यस्तै, ५ लाख जनाको मृत्यु जल प्रदूषणका कारण भएको थियो ।

ल्यान्सेटको प्रतिवेदनअनुसार सोही वर्ष प्रदूषणका कारण ९० लाख जनाको अकालमा ज्यान गएको थियो । त्यस हिसाबले हरेक ६ जनामा एक जनाको प्रदूषणका कारण मृत्यु भएको थियो । प्रदूषणबाट सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि एक रहेको अध्ययनमा जनाइएको थियो ।

विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको अध्ययनमा जनाइएको थियो ।

असुरक्षित पिउने पानी, घरभित्रको वायु प्रदूषण र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने उल्लेख्य सुधार आएको अध्ययनमा उल्लेख छ ।

यो पनि…
देशभर वायु प्रदूषण, घरबाहिर ननिस्कन चेतावनी
वायु प्रदूषण : विज्ञले दिए चेतावनी !



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested