English

नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा



विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका छन् । ६१ वर्षीय सञ्जीव प्रसाद र ५७ वर्षीय साधना प्रसादले आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम दिन र भव्य विवाहको लागि आफ्नो बचत खर्च गरेको बताउँछन् ।

एक वर्षभित्र नातिनातिना नजन्माए छोरा बुहारीले क्षतिपूर्ति बापत ६ लाख ५० हजार अमेरिकी डलर दिनुपर्ने उनीहरुको माग छ । यस मामिलामा उनीहरूका छोरा बुहारीले कुनै टिप्पणी गरेका छैनन् । मानसिक उत्पिडनका कारण सो मुद्धा दायर भएको बताइएको छ ।

आफूले बचत गरेको सबै सम्पत्ति छोराका लागि खर्च गरेको सञ्जिब बताउँछन् । ६५ हजार डलर खर्चेर उनले छोरालाई सन् २००६ मा पाइलटको तालिमका लागि विदेश पठाएका थिए ।

छोराले विवाह गरेको ६ वर्ष भयो, तर पनि उनीहरूले सन्तानको कुनै योजना बनाएका छैनन्। कम्तिमा हामीले नातिनातिनासँग समय बिताउन पाए हाम्रो पीडा सहन्थ्यौँ ।

तालिम सकेर छोरा सन् २००७ मा स्वदेश फर्किएका थिए, तर कुनै जागिर पाएनन् । त्यसपछि सञ्जिव परिबारले उनलाई दुई वर्षभन्दा बढी आर्थिक रूपमा सहयोग गरेको दी टाइम्स अफ इन्डियाले जनाएको छ ।

अन्ततः दुई वर्षभन्दा केही समयपछि ३५ वर्षीय श्रीय सागरले चालकको जागिर पाए । सन् २०१६ मा एक युवतीसँग छोराको विवाह गरिदिए । विवाहदेखि नै उनीहरूले छोराबुहारीबाट नातिनातिनाको अपेक्षा गरेका छन् ।

विवाहमा पाँच तारे होटलमा पार्टी आयोजना गरेको, ८० हजार डलरको सुविधासम्पन्न गाडि किनिदिएको र विदेशमा हनिमुन मनाउन खर्च दिएको समेत अभिभावकले बताएका छन् ।

‘छोराले विवाह गरेको ६ वर्ष भयो, तर पनि उनीहरूले सन्तानको कुनै योजना बनाएका छैनन्,’सञ्जिबले भने, ‘ कम्तिमा हामीले नातिनातिनासँग समय बिताउन पाए हाम्रो पीडा सहन्थ्यौँ । ’

मानसिक क्रूरताका कारण अभिभावकले पैसा मागेको उनका वकिलले बताएका छन् ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

Latest










Popular
Suggested