English

बिहे पछि मोटाउनुको कारण यस्तो



यदि तपाईं कुनै स्लिम स्त्रीलाई बिहे गर्ने सोच गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नै पर्छ । त्यो के हो भने तपाईंले मन पारेकी स्लिम केटीको शरीर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि प्राय महिलाको शरीर भद्दा हुँदै जान्छ ।

अमेरिकामा गरिएको अनुसन्धानमा बिहेपछि महिलाहरू मोटाउने र सम्बन्ध विच्छेदपछि पुरुषहरू मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो कुरा पत्ता लगाएको हो ।

महिलाले बिहेपछि आफ्ना पतिको वा कर्म घरका मान्छेहरूको बढी स्याहार सुसार गर्नुपर्ने हुन्छ, जसका कारण उनीहरूले आफ्नो शरीरको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरू बढी आत्मविश्वासी बन्ने र आफ्नो जिउ डाल र सुन्दरताको मामिलालाई कमै मात्रमा महत्त्व दिने गरेकाले पनि शरीर मोटाउँदै जाने अनुसन्धानकर्ताहरू बताउँछन् ।

अध्ययनकर्ताहरूका अनुसार पुरुष भने बिहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको पाइएको छ ।

बिहेपछि पुरुषले मानसिक मात्र होइन शारीरिक रूपमै बढी ऊर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरू आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरू एक्ला हुन्छन् तब एक्सरसाइजको महत्त्व हुँदैन र मोटाउने गर्छन् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested