English

यी हुन् २०७७ मा नेपालमा भएका विपत्ति



सन् २०२० पूरै विश्वकै लागि एक चुनौतिको रुपमा देखा प-यो । २०२१ पनि चुनौति पूर्ण नै रहेको सर्वविधितै छ । विश्वभर छाएको कोभिड १९ महामारी साम्य हुँन नपाउँदै नयाँ परिमार्जित संस्करणका साथ दोस्रो लहरको संकेत देखिन थालेको छ ।

नेपालको सन्दर्भमा कुरा गर्न पर्दा यो २०७६ र २०७७ साल निकै कष्टकर रह्यो । नेपालमा गत वर्ष २०७६ साल माघ १० गतेबाट संक्रमण देखा परेको थियो । सोहि अनुरुप नेपालमा हाल सम्म २ लाख ८० हजार ५ सय २४ जना कोरोना संक्रमीत भए । ती मध्ये २ लाख ७४ हजार १ सय ६५ निको भएका छन् भने ३ हजार ५३ ले ज्यान गुमाएका छन् । नेपालले यो वर्ष कोरोना महामारी मात्र नभई अन्य विभिन्न समस्याहरूको पनि समना गर्नु प-यो ।

बर्ड फ्लू

वर्ष २०७७ को अन्तिम समयमा नेपालमा बर्ड फ्लूको प्रकोपले पनि किशानहरुलाई धेरै रुहायो । यस वर्ष पहिलोपटक नेपालमा बर्ड फ्लू काठमाडौंको तारकेश्वमा फेला परेको थियो । त्यसपछि क्रमशः नेपालका अन्य शहरमा पनि बर्ड फ्लू पुष्टि हुँदै गयो । बर्ड फ्लूले कारण हजारौँ कुखुरा मरे । कुखुरामा मात्र होइन, अन्य पंक्षीमा पनि बर्ड फ्लू पुष्टि भएको थियो ।

भोकमरी

नेपालमा कोरोनाका कारण ज्यान गुमाउने मात्र भएनन्, लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भए सँगै व्यापारी, कर्मचारी र मजदूरले भोक भोकै धेरै बिताउनु प-यो । यसको मार सबै भन्दा धेरै ज्याला मजदूरी गर्ने वालाहरूलाई प¥यो । न त उनीहरूको साथमा सरकार थिया, न त कुनै किसिमको सामाजिक सुरक्षा कोष । यद्यपी केहि महिना पश्चात भोकमरीको अवस्था सिर्जना हुनै लाग्दा सरकारको तर्फबाटछ राहतको व्यवस्था भने भएको थियो ।

सलह आतङ्क

२०७७ असार १४ गते भारत हुदैँ हजारौँको सङ्ख्यामा नेपाल भित्रिएको थियो । सुरुमा पूर्वी भागका तराई क्षेत्रमा रहेका बारा र पर्सा जिल्लामा देखिएको सलह बिस्तारै अन्य जिल्लाहरूमा पनि फेला परेको थियो । ४० भन्दा बढी जिल्लामा फैलिएका सलहले चितवन, पाल्पा, मकवानपुर र अर्घाखाँची जिल्लामा करोडौँको बालीनाली नष्ट गरेका थिए ।

पहिरो

असार र साउन महिनामा सिन्धुपाल्चोक जिल्लामा धेरै बाढी पहिरो गयो । जसमा थुुर्पैले ज्यान समेत गुमाए । जुगल गाउँपालिका–२ लिदीमा साउन महिनामा शुक्रवार बिहान खसेको पहिरोमा परी १८ जनाले ज्यान गुमाएका थिए । त्यस्तै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्ताङ पहिरोमा परी एक सय भन्दा धेरै परीवार विस्थापित भएसँगै १४ जना भन्दा बढिले ज्यान गुमाए । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ८ तिपेनी बजारमा पनि साउन १८ गते गएको भिषण पहिरोले ३१ घर क्षति भएको थियो ।

कोरोनाको दोस्रो लहर

नेपालमा मङ्सीर महिना देखि कोरोनाको पहिलो लहर साम्य हुँदै गयो । तर कोभिड १९ को युके भेरीयन्ट अर्थात बी.१.१.७ नेपालमा पुनः माघ महिनामा देखा प¥यो । त्यसपश्चात युके भेरीयन्ट भाइरसको संक्रमण पुनः बढ्दो छ । यसलाई विज्ञहरू कोरोनाको दोस्रो लहर भन्छन् । हाल यो भाइरसको संक्रमण खासगरी विद्यार्थी र शिक्षकमा बढ्दो छ, जुन समुदाय स्तरमा समेत पुगि सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डढेलो

सुख्खायामसँगै चैत्र महिना भित्र मात्रै देशका विभिन्न क्षेत्रमा डढेला सल्केको छ । नुवाकोट र रसुवाका अधिकांश जङ्गल, काठमाडौंको उत्तरी क्षेत्रमा रहेको नागार्जुन जङ्गल, तनहुँको भानु नगरपालिका ४ स्थित आहालडाँडा सामुदायिक वन, सिन्धुली जिल्लाको चुरे भावर क्षेत्र लगायत देशका विभिन्न क्षेत्रमा डढेलोले करोडौँको क्षती पु¥याएको छ ।

वातावरण तथा वायु प्रदूषण

भर्खरै मात्र यसै चैत्र महिनामा उपत्यकामा प्रदूषित हावा जाम भए पछि काठमाडौँ विश्वको सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर समेत बन्यो । त्यतीबेला नेपालमा पश्चिमी वायुको प्रभाव थियो । तर सो वायु पानी पर्ने गरि सक्रिय नरहँदा औद्योगिक गतिविधिहरु र सवारीको चाप र वनहरूमा लागेको डढेलो र नेपाल बाहिरबाट भित्रिएका धुलोका कणसहित वायु प्रदूषण गराउने तत्वहरुका कारण वायुु तथा वातावरण प्रदूषण भएको हो ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested