English

दाह्रीजुँगालाई कालो र बाक्लो बनाउने यी हुन् उत्तम उपाय



दाह्रीजुँगालाई कालो र बाक्लो बनाउनका लागि महँगा ब्युटी प्रडक्टहरू किन्नुको साटो घरमा पाइने चीजहरूकै प्रयोग गर्दा राम्रो हुन्छ । घरमा नै पाइने चीजहरूको प्रयोग गर्दा दाह्री र जुँगा छिट्टै सेतो हुने समस्या पनि हराउँछ ।

–काँचो मेवा पिँधेर त्यसमा बेसारको धूलो र एक चम्चा घिउकुमारीको रस हाल्नुस् अनि दाह्रीजुँगामा लगाउनुहोस् । यसले तपाईंको दाह्री र जुँगा घना र काला हुनेछ ।
– तुलसीका पातलाई प्याजको रसमा हालेर दाह्रीजुँगामा लगाउँदा सेतोपना हट्छ ।
–एक गिलासमा कढीको पात हालेर उमाल्नुस् । यसलाई पिउँदा दाह्रीजुँगा काला बस्छन् ।
– अमलाको धूलो, कढीको पात र नरिवलको तेलमा हालेर उमाल्नुस् । त्यो सेलाएपछि दाह्रीजुँगामा मालिस गर्नुभयो भने दाह्रीजुँगा कालो हुन्छ ।
– दिनदिनै पुदिनाको चिया पिउँदा पनि दाह्रीजुँगा काला हुन्छन् ।
– गाईको दूधबाट बनेको मक्खनले दिनदिनै मालिस गर्दा पनि दाह्रीजुँगा काला हुन्छन् ।
– आधी कप पानीमा दुई चम्चा चिनी हाल्नुस् । अनि त्यसमा आधी चम्चा कागतीको रस हालेर दिनदिनै मालिस गर्दा दाह्रीजुँगा चम्किन्छन् ।
– आधी कचौरा रहरको दाल र एउटा आलुलाई सँगै राखेर पिँध्नुस् । यो लगाउँदा दाह्रीजुँगा सेतो हुन पाउँदैन ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

चितवनको सौराहास्थित ढुंग्रे खोलामा बिहिबार दिउँसो डल्फिन देखिएको छ । सौराहाका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले सौराहाको ढुम्रे र राप्तीको दोभानमा