सानो कोठा यसरी बनाउनुहोस् चिटिक्क
घरमा हरेक कोठाको आफ्नै महत्त्व हुन्छ । कोठाको प्रयोजन अनुसार फरक–फरक फर्निचर तथा सजावटका सामग्री राख्नुपर्ने हुन्छ । कोठा सानो छ भने फर्निचर राख्दा धेरै कठिनाइ पर्छ । साना कोठालाई ठुलो देखाउने र चिटिक्क परेको सजाउन यी कुरामा ध्यान दिनुहोस् ।
वाल पेन्ट
भित्तामा राति शान्ति र दिउँसो ताजगी महसुस गराउने रङको प्रयोग गर्नुपर्छ । सानो बेडरूममा सेतो, क्रीम तथा खैरो रङको प्रयोग गर्नु राम्रो हुन्छ ।
बेड
बेडरूमको साइजअनुसार पलङको छनोट गर्नुपर्छ । भित्रपट्टि धेरै सामान राख्न सकिने पलङको प्रयोग गर्दा धेरै फाइदा हुन्छ । साथै, साना कोठाका लागि फोल्ड गर्न मिल्ने पलङको प्रयोग गर्न सकिन्छ ।
दराज
उच्चस्तरको दराज खरीद गर्नुहोस्, जसमा धेरै ठाउँ उपलब्ध होस् । दराजमा कपडा तथा अन्य वस्तु राख्न प्रशस्त ठाउँ हुन्छ ।
अलमारी
भित्तामा सानासाना अलमारी बनाउनुहोस्, जसमा सजावटका सामान राख्न सकियोस् । यसबाट थप ठाउँ बचाउन सकिन्छ ।
यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट