English

नयाँ वर्षमा नायिका गरिमा र ऋचाको सरप्राइज



२०७७ सालको अन्तिमतिर नायिका प्रियंका कार्कीले आफू आमा बन्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत् दिएकी थिइन् । कार्कीले बेबीबम्पको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आमा बन्न लागेको कुरा शेयर गरेकी थिइन् ।

यसैबीच नेपाली फिल्म क्षेत्रबाट धेरै समयदेखि टाढा रहेकी नायिका गरिमा पन्तले आफू आमा बन्न लागेको जानकारी मंगलबार सामाजिक सञ्जालमार्फत् दिएकी छन् ।

यूराेपमा लामो समयदेखि बस्दै आएकी गरिमाले गर्भावस्थाको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर आमा बन्न लागेको जानकारी दिएकी हुन् । तस्विरमा उनी आफ्नो श्रीमान सँगै देखिएकी छिन् । ‘सृष्टिबाट सृष्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश’ स्ट्याटससहित उनले इन्स्ट्राग्राममा गर्भावस्थाको तस्विर सार्वजनिक गरेकी हुन् ।

No description available.

गरिमा पन्तको विवाह एनआरएन हरि शर्मा थपलियासँग २०७३ बैशाखमा भएको थियो । विवाहपछि उनीहरू बेल्जियममा बस्दै आएका छन् ।

त्यस्तै अर्की नायिका ऋचा शर्माले पनि नयाँ वर्षको दिन आफ्ना फ्यानलाई आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् ।

सामाजिक सञ्जालको स्ट्याटसमा भनिएको छ, ‘आमाले भन्नुहुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड़कनभन्दा कोही अरुको धड़कन मभित्र प्यारो आभास भइरहेको छ । आज तपाईंहरू माझ यो खुशी बाँड्न पाउँदा सम्पूर्ण महशुस भइरहेको छ ।’

No description available.

श्रीमानसँग विरुवामा पानी हाल्दै गरेको तस्विरसंगै स्ट्याटसमा अगाडि भनिएको छ, ‘एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो । त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौं । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’

नायिका ऋचा शर्मा र व्यवसायी दिपेक्ष विक्रम राणाको विवाह २०७६ मंसिर २१ गते भएको थियो ।



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ ।

काठमाडौ, अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष

चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् ।

Latest










Popular
Suggested