English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१. स्पेनस्थित ड्रेसले सजाएको कुकुर ।
२०. जर्मनीको फ्रान्कफर्टको बाहिरी भागमा सूर्योदयको दृश्य ।
१९. कुवेत शहरको हवाई दृश्य ।
१८. काबुलमा बेलुन बोकेको बच्चा सडकमा हिँड्दै ।
१७. कतारको राजधानी दोहामा रहेको खलिफा इन्टरनेसनल स्टेडियम नजिकैको दोहा स्पोर्ट्स सिटी, जहाँ २०२२ को आकारको भवन कम्प्लेक्स देखाउँछ ।
१६. अफगानिस्तानको काबुलमा आयोजना गरेको ईद बजार प्रदर्शनीमा परम्परागत पहिरनमा ‘सेल्फी’ लिँदै ।
१५.इजरायलीमा बटरकप फूलबारीमा ट्रयाक्टरले फूल काट्दै ।
१४. दक्षिण चीनको हाइनान प्रान्तको डोङफाङ सहरको दृश्य ।
१३. उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको झालान्टुन सहरमा मानिसहरूले अजालिया फूलको दृश्यको आनन्द लिँदै ।
१२. दक्षिणपश्चिम चीनको युनान प्रान्तको युआनयाङ काउन्टीको पान्झिहुआ टाउनसिपमा गाउँलेहरू खेतमा काम गर्दै ।
११. पोखराको गौरीघाटस्थित फेवाताल छेउमा भिजिट नेपाल लेखिएको फेममा तस्वीर कैद गर्दै भारतीय पर्यटक ।
१०. कैलालीको कैलारी गाउँपालिका वडा नं ७, विपतपुर शिविरमा आगलागीका कारण घर जलेर खरानी भएपछि, केही बचेको खाद्यान्न सङ्कलन गर्दै एक स्थानीयवासी ।
९. नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले बिहीबार ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ गरेको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सजावटका लागि प्रयोग गरिएको पानीको फोहरा ।
८ .यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको सुरक्षार्थ बागलुङमा खटिएका म्यादी प्रहरी बुधबार बन्दोबस्तीसहित मतदान केन्द्रतिर जाने तयारीमा ।
७. कञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रको चुरेमा अवस्थित नायल गाउँका बासिन्दा गहुँ काट्दै ।
६. भक्तपुर जिल्लाको सल्लाघारीमा रहेको हालै पुनर्निर्माण सम्पन्न गरेको प्रसिद्ध रानीपोखरी ।
५. फोटो पत्रकार क्लबले मङ्गगलबार वसन्तपुरमा ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा आयोजित लेन्सबाट फोटो पत्रकारिता प्रदर्शनीमा तस्वीर अवलोकन गर्दै सर्वधारणहरू ।
४. ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा तानबाट अल्लोको कपडा बुन्दै एक महिला ।
३. शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारू समुदाय माटोको भकारी बोकेर घरतर्फ लैजाँदै ।
२. टेकोको भरमा अडिएको भक्तपुर दरबार स्क्वायरको राष्ट्रिय कला सङ्ग्रहालय । २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको यस सङ्ग्रहालयको पुनर्निर्माण कार्य स्थानीय निकाय र पुरातत्व विभागको विवादले रोकिएको हो ।
१. कृष्णपुर नगरपालिका– २ का मुक्त कमैया दम्पती सडकछेउ बसेर तरबुजा बिक्री गर्दै ।

तस्वीर : रासस, एपी, एएफपी, सिन्ह्वा

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन