English

स्वास्थ्य सेवामा बेलायतबाट सिक्नुपर्ने पाठ



डा. बच्चु कैलाश कैनी
सिईओ, नेपाल क्यान्सर हस्पिटल

स्वास्थ उपचारका लागि विश्वमा विभिन्न किसिमका मोडल देखिदैं आएको छ । अहिले विश्वमा रहेका पूँजीवादी मुलुक, साम्यवादी वा समाजवादी राष्ट्रहरूमा स्वास्थ क्षेत्रमा पूर्ण रूपमा समाजवाद मोडल नै देखिएको छ ।

नेपालमा देखिएको स्वास्थ सुविधा भनेको प्राइभेट र पब्लिक पार्टनरसिपमा चलेको देखिन्छ । हाम्रो संविधानमा आधारभूत स्वास्थ्य सुविधा निःशुल्क दिने भनेर ‘फण्डामेन्टल राईट’ को रूपमा रहेको छ । समाजवादतर्फ उन्मुख हाम्रो देशको संविधानमा सरकारले निःशुल्क दिने भनेर मान्यता दिएको छ ।

हाम्रो देशमा स्वास्थ्य बिमा लागू गरिए पनि सबैलाई समेट्न सकेको छैन । यदि स्वास्थ्य बिमा नै गरेको छ भने पनि त्यसले सबै किसिमको उपचारको खर्च ब्योहर्दैन । अहिलेको स्वास्थ्य बिमाले रकम तिरेपनि त्यो सीमित मात्र तिर्ने गरेको छ । अरु देशहरू जस्तो अमेरिकामा उपचार खर्च बिमाको आधारमा पाइन्छ । त्यहाँ मेडि केयर, मेडि प्लानहरू रहेका छन् । जसको आम्दानी छैन, जसले कम आम्दानी गर्छ, उनीहरूको उपचार राज्यको दायित्वभित्र पर्छ ।

स्वास्थ्य सेवाहरू निःशुल्क रहेका मूलुकहरूमा क्यानडा पनि रहेको छ । त्यहाँ सरकारले स्वास्थ्य उपचारमा सहयोग गर्छ । स्वास्थ्य सेवा बेलायत लगायत स्क्याण्डेनेभियन देशहरू फिनल्याण्ड, स्वीडेन, नर्बे लगायत यूरोपमा धेरै मूलुकहरूमा निःशुल्क नै रहेको छ ।

नेपालको धेरैजसो शहरी क्षेत्रको स्वास्थ्य सेवा प्राइभेट सेक्टरको दवदवामा रहेको छ । शहरका हुने खानेहरू सोझै प्राईभेट अस्पताल वा क्लिनिक जान्छन् । तर विकट क्षेत्रमा प्राइभेट सेक्टरको उपस्थिती नै छैन । त्यहाँ सरकारी अस्पतालकै भर पर्नुपर्ने अवस्था छ ।

स्वास्थ्य सेवाहरू निःशुल्क रहेका मूलुकहरूमा क्यानडा पनि रहेको छ । त्यहाँ सरकारले स्वास्थ उपचारमा सहयोग गर्छ । स्वास्थ्य सेवा बेलायत लगायत स्क्याण्डेनेभियन देशहरू फिनल्याण्ड, स्वीडेन, नर्बे लगायत यूरोपमा धेरै मूलुकहरूमा निःशुल्क नै रहेको छ ।

ब्यक्तिगत रूपमा म बेलायतको स्वास्थ सेवामा १५ बर्ष काम गरेको कारण त्यहाँको स्वास्थ्य सेवाको वारेमा बढी जानकार छु । केही बर्ष अगाडी कमनवेल्थ राष्ट्रहरूको स्वास्थ सेवाको गुणस्तरको बिषयमा भएको सर्भेक्षणमा बेलायत शीर्ष स्थानमा आएको कारण यसबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । यो उदाहरणले सम्भवतः अधिकांश विकसित देशको स्वास्थ सेवा कस्तो छ भन्ने कुराको जानकारी पनि दिन्छ ।

सरकारी कोष

बेलायतमा कुनै व्यक्तिले जुन स्तरको स्वास्थ सुविधा लिन खोजेको हो, त्यो सबैका लागि निःशुल्क हुन्छ । त्यहाँ धनी र गरिब, कमाउन सक्ने वा नसक्ने भनेर छुट्याउने चलन नै हुँदैन । उपचारमा खर्च गर्न नसक्नेलाई सरकारले आफ्नै कोषबाट निःशुल्क उपचार खर्च उपलब्ध गराउँछ ।

बेलायतमा स्वास्थ्य सेवाको पहुँच सबै क्षेत्रमा समान रूपमा रहेको छ । तपाईं ठूलो शहरमा बस्नोस् वा सानो शहरमा या गाउँको कुनै दुर दराजमा । त्यहाँको सबै अस्पतालहरूको स्ट्याण्डर एकै किसिमको हुन्छ । चाहे डाक्टरको योग्यतामा होस् वा अस्पतालले दिने सुविधामा नै किन नहोस्, एउटा अस्पताल र डाक्टरले विरामीलाई दिने उपचार र सुविधामा कुनै भिन्नता पाईंदैन ।

बेलायतमा गुणस्तरीय स्वास्थ सेवा उपलब्ध गराउन सरकारले ठूलो धनराशी खर्च गर्छ । स्वास्थ सेवा दिने अस्पतालहरूको मूल्याङ्कन गर्ने, त्यहाँका चिकित्सक, नर्स र अरु कर्मचारीहरूलाई तालिम प्रदान गर्छ । सानो गल्तीले पनि कुनै पनि व्यक्तिको स्वास्थ तलमाथि नहोस् भनेर प्रत्येक विषयमा विशेष ध्यान दिइन्छ ।

कुनै अस्पतालमा उपचार गराउँदा चिकित्सकको कारणले, अस्पतालको उपकरणको कारणले वा अन्य कारणले विरामीलाई हानीनोक्सानी भएमा पारदर्शी रूपमा छनविन गर्ने र आफूले गल्ति गरेको ठहर भएमा गल्ति स्वीकारेर उत्तरदायी बहन गर्ने परिपाटी छ ।

हाम्रो देशमा चिकित्सकहरूले गरेको गल्ती प्रायः बाहिर नै आउदैन । मानिसवाट गल्ति हुन्छ, डाक्टरबाट गल्ति भए पारदर्शी हुनु जरुरी छ । जबकि बेलायतमा कुनै अस्पतालले उपचारमा गल्ति गर्यो भन्ने लाग्यो भने अस्पतालले नै पत्र लेखेर दिने चलन छ । अस्पतालको स्वतन्त्र अनुसन्धान टोलीले छानविन गर्छ । त्यसमा के के गल्ति भएको हो, त्यो कुरा खुलाएर दिने चलन छ । त्यो पत्रमा चित्त बुझेन भने माथिल्लो निकायमा उजुरी हाल्न पाइन्छ र क्षतिपूर्ति माग गर्न पनि सकिन्छ । अस्पतालकै बिमा भएको कारण त्यस्ता जायज क्षतिपूर्तिको रकम बिमाले नै तिर्छ ।

बेलायतमा स्वास्थ्य सेवाको पहुँच सबै क्षेत्रमा समान रूपमा रहेको छ । तपाईं ठूलो शहरमा बस्नोस् वा सानो शहरमा या गाउँको कुनै दुर दराजमा । त्यहाँको सबै अस्पतालहरूको स्ट्याण्डर एकै किसिमको हुन्छ । चाहे डाक्टरको योग्यतामा होस् वा अस्पतालले दिने सुविधामा नै किन नहोस्, एउटा अस्पताल र डाक्टरले विरामीलाई दिने उपचार र सुविधामा कुनै भिन्नता पाईंदैन ।

सिकाई संस्कृति

बेलायतमा सेयर एण्ड लर्निङ कल्चर बढ्दो छ । चिकित्सक, नर्स, अस्पतालका अन्य स्टाफले पनि एक अस्पतालले अर्को अस्पतालवाट के सिक्ने भन्ने उत्सुकता उनीहरूमा सधैं रहिरहेको हुन्छ । के कुरा सिक्ने र के कुरा सेयर गर्ने भन्ने उनीहरूमा कल्चरकै रूपमा बसेको छ ।

हाम्रो देशमा व्यक्तिवादी सोच हावी छ । हामी ब्यक्तिलाई बढी महत्व दिन्छौ, सिस्टमलाई दिदैनौं । यहाँ कसले के भन्लान् भन्ने कुरामै हामी जकडिरहेका हुन्छौं । हामी सिस्टममा जानै सकेका छैनौँ । टिकट काटेर जचाँउन मिल्ने ब्यवस्था भए पनि डाक्टरलाई फोन गरेर समय मिलाए राम्रो उपचार पाईन्छ भन्ने मानसिकता रहेको छ ।

हाम्रोमा जी, सर, हजूर, तपाईं विभिन्न किसिमका अलङ्कार राखेर डाक्टरलाई सम्बोधन गरिन्छ । यहाँ डाक्टरले आफूलाई सधैं विमारीले आदर गरोस् भन्ने चाहन्छन् । यहाँ पेशाको आधारमा मान खोज्ने चलन छ । जबकि उता म्युचुएल रिलेसन हुनुपर्छ भनिन्छ ।

बेलायतमा डाक्टरले विरामी भेट्दा होस् वा बिरामीले डाक्टरलाई भेट्दा नै किन होस्, डाक्टर र विरामीको सम्बन्ध राम्रो हुनुपर्छ भन्ने मान्यता छ । त्यहाँ पहिले डाक्टरले आफ्नो परिचय दिनुपर्छ । सहयोग के गर्न सक्छु भनेर आग्रह गर्नुपर्छ । आफ्नो परिचय दिएर फेमिलियर गर्ने प्रयास हुन्छ । यसले रिलेसन मेन्टेन गर्न सजिलो हुन्छ ।

हाम्रोमा जी, सर, हजूर, तपाईं विभिन्न किसिमका अलङ्कार राखेर डाक्टरलाई सम्बोधन गरिन्छ । यहाँ डाक्टरले आफूलाई सधैं विमारीले आदर गरोस् भन्ने चाहन्छन् । यहाँ पेशाको आधारमा मान खोज्ने चलन छ । जबकि उता म्युचुएल रिलेसन हुनुपर्छ भनिन्छ ।

बेलायतमा डाक्टरको रूपमा दर्ता भएपछि उसले प्रत्येक ३–३ बर्षमा आफ्नो लाइसेन्स मेडिकल काउन्सिलबाट नविकरण गर्नुपर्छ । जबकि नेपालमा एक पटक दर्ता भएपछि आजीवन हुने चलन रहेको छ ।

बेलायतमा डाक्टरले विरामी जाँचेपछि लिखित रूपमै पत्र दिनुपर्छ । प्रेसक्रिप्सन मात्र दिएर हुँदैन । तपाईंले जचाँएपछि डिस्चार्ज गर्ने बेलामा के हेरेको, के भएको, कुन औषधि दिइएको आदि कुरा बिस्तृतमा खुलाएरै पत्र दिनुपर्ने चलन छ । त्यस्तै, त्यहाँ सिधैं अस्पताल जान पनि पाईंदैन । यसको पनि क्राईटेरिया छ । जस्तो इमरजेन्सी प¥यो भने अस्पताल जान पाइन्छ । हरेक ब्यक्तिको आफ्नै जिपी (जनरल फिजिसियन) हुन्छ । त्यो एरियाको जिपीले हेरेपछि अस्पताल रिफर गरेमा मात्र उ अस्पतालमा आएर जचाँउन पाउँछ ।

बेलायतमा डाक्टरको रूपमा दर्ता भएपछि उसले प्रत्येक ३–३ बर्षमा आफ्नो लाइसेन्स मेडिकल काउन्सिलबाट नविकरण गर्नुपर्छ । जबकि नेपालमा एक पटक दर्ता भएपछि आजीवन हुने चलन रहेको छ । त्यहाँ डाक्टरले कतिको काम गर्यो भन्ने पनि हेरिन्छ । यो अवधिमा उसले आफ्नो सिप बृद्धि के केमा ग-यो ? जस्ता कामहरू बुझाएर आफ्नो क्षमताको रिभ्यालुएसन गर्नुपर्छ । बेलायतबाट नेपालको चिकित्सा क्षेत्रले धेरै सिक्न जरुरी छ ।

(कुराकानीमा आधारित)



सम्बन्धित खबरहरु

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली