English

साउथ फिल्मको कपीबारे अभिषेक के भन्छन् ?



साउथ फिल्म ‘पुष्पा’ र ‘आरआरआर’ पछि ‘केजीएफ २’ले भारतीय बक्सअफिसमा सुनामी ल्याएको छ । दशकौंदेखि हलिउड फिल्मबाट तर्सिँदै आएको बलिउडका लागि अब साउथ फिल्म चुनौती बनेर उभिएको छ । कमाईमा मात्र होइन कन्टेन्टमा पनि बलिउडभन्दा साउथ अगाडि देखिएको छ । यसैले त वर्षौंदेखि बलिउडमा साउथ फिल्मको रिमेक निर्माण हुँँदै आएका छन् ।

तर, अभिनेता अभिषेक बच्चन बलिउडले कन्टेन्टको अभावमा साउथ फिल्मको रिमेक नबनाएको दाबी गर्छन् । उनी भन्छन्, ‘बलिउडले कन्टेन्टको कमीका कारण साउथ फिल्मको रिमेक बनाएको होइन । के साउथमा बलिउडको रिमेक बनेका छैनन् र ? हामी सबै भारतीय फिल्म इन्डस्ट्रीको हिस्सा हौैं । हामी अलग-अलग भाषामा काम गर्छौं तर हाम्रो इन्डस्ट्रीको छानो एउटै हो ।’ 

कलाकारले सधैं दर्शकका लागि काम गर्ने भएकाले कुनै पनि इन्डस्ट्रीसँग तुलना गर्नु गलत रहेको उनको तर्क छ । हिन्दी वा कुनै पनि भाषाको फिल्मको रिमेक बन्नु नौलो कुरा नभएको उनी बताउँछन् । कन्टेन्टको आदान-प्रदान हुनुलाई गलत रुपमा ब्याख्या गर्न आवश्यक नभएको उनको धारणा छ । साउथ फिल्मले हिन्दीमा राम्रो कमाई गर्नुलाई उनले सकारात्मक रुपमा लिएका छन् ।

उनी अगाडि भन्छन्, ‘वर्तमान समयमा साउथका फिल्मले हिन्दीमा पनि राम्रो प्रदर्शन गरिरहेका छन् । यो खुशीको कुरा हो । राम्रो फिल्मले जहाँ पनि राम्रै प्रदर्शन गर्छ । बलिउड फिल्मले पनि साउथमा राम्रो प्रदर्शन गरेका कयौं घटना छन् । हामी एक ठूलो परिवारको सदस्य हौं र कन्टेन्टको आदान प्रदान हुनु सामान्य कुरा हो ।’ अभिषेक बच्चन हालै फिल्म ‘दसवीं’मा देखिएका थिए । 

यो पनि
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘तीज क्विन’, की नामले परिचित लोकगायिका सुनिता दुलालले मंगलबार गीत ‘नबोल अरु सँग सार्वजनिक गरेकी छन् । यसमा उनलाई चर्चित

गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना शनिबार राति ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका

जब उमेरले बामे सर्दैगर्दा आमाबुवाले ठूलो भएपछि के बन्छस् ? भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ डाक्टर, पाईलट, इन्जिनियर इत्यादि ।

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत