विशेषताहरूले भरिएको स्वीटजरल्याण्ड
वार्षिक प्रतिव्यक्ति आय झण्डै ८२ हजार डलर भएको स्वीटजरल्याण्ड अति विकसित, उन्नत तथा जनमतलाई महत्व दिने देशको रूपमा चिनिन्छ ।
घडी, चकलेट तथा दुग्ध पदार्थको व्यवसायमा यस देशको फोकस छ । विश्वमै सबैभन्दा महँगो घडी यसै देशले उत्पादन गर्छ । अन्तर्राट्रिय व्यापारका सिद्धान्तअनुसार आफ्नो देशसँग रहेको प्रतिष्पर्धात्मक तथा तुलनात्मक लाभ लिन सक्ने क्षमतामा स्वीटजरल्याण्डले आफ्नो भरपुर दक्षता देखाइसकेको छ ।
नेपाल तथा स्वीटजरल्याण्डबीच गत छ दशकदेखि सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रही आएको छ । यस देशले नेपाललाई विकासका विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको छ ।
जेनेभा यस देशको एक महत्वपूर्ण सहर हो । जहाँ न्यूयोर्कपछि संयुक्त राष्ट्र संघ तथा अन्य विशिष्ट संस्थाहरूको कार्यालय रहेका छन् । वर्षैभरि दिनैपिच्छे विभिन्न विषयहरूमा बैठकहरू चलिराखेका हुन्छन् । विभिन्न देशहरूबाट प्रतिनिधिमण्डलहरू आई बैठकमा भाग लिई आ–आफ्नो देशको दृष्टिकोण प्रस्तुत गर्ने गर्दछन् ।
मानव अधिकारसम्वन्धि उच्चायुक्तको कार्यालय पनि यही छ, जसले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने कार्यहरूको अलावा विश्वभर मानव अधिकार सम्वन्धित कामहरूको लेखाजोखा गर्दछ । अन्तर्राट्रिय सभा सम्मेलनका लागि जेनेभालाई भरपर्दो तथा अनूकुल सहरको रूपमा लिइन्छ ।
यसै क्रममा केही अतिवादीहरूले तेहरानस्थित अमेरिकी दूतावासमा हमला गरी अमेरिकी कुटनीतिज्ञहरूलाई बन्दी बनाए । यस्तो घटना विश्वमा कहिल्यै घटेको थिएन ।
संयुक्त राष्ट्रसंघ स्थापनाको ५७ बर्षपछि सन् २००२ मा मात्र स्वीटजरल्याण्डले यसको सदस्यता लिएको थियो, त्यो पनि जनमतबाट स्वीकृत भए पश्चात । त्यसअघि पनि पर्यवेक्षक राष्ट्रको रूपमा रहेर पनि यस सानो मुलुकले आफ्नो प्रभाव कायम राख्दै आएको थियो ।
विश्वरभर स्वीटजरल्याण्डले महत्वपूर्ण भूमिका खेलेको एउटा घटना छ, त्यो घटना सन् १९७९ को नोभेम्बर ४ का दिन ईरानको राजधानी तेहरानमा घटेको थियो । इरानका शाह रेजा पहलबीलाई देशबाट खेदेपछि जनतामा एउटा नयाँ उन्मादको उदय भएको थियो । देश तथा जनता पुरापुर अमेरिका विरोधी भएका थिए । यसै क्रममा केही अतिवादीहरूले तेहरानस्थित अमेरिकी दूतावासमा हमला गरी अमेरिकी कुटनीतिज्ञहरूलाई बन्दी बनाए । यस्तो घटना विश्वमा कहिल्यै घटेको थिएन ।
सामान्यतया सन् १९६१ को भियना अभिसन्धिअनुसार कुनैपनि देशको राजधानीमा रहेको विदेशी राजदूतावास अक्षुण्ण हुन्छ । नियोग प्रमुखको स्वीकृति विना प्रहरी पनि भित्र छिर्न पाउँदैन ।
त्यो बेला तेहरानमा भएका विदेशी राजदूतहरूमध्ये स्विस राजदूत ईरिक लान्गे डीन थिए । उनले ईरानको परराष्ट्र मन्त्रालयमा गएर भियना अभिसन्धिको बुँदा–बुँदा धाराहरूको धाराप्रवाह रूपमा बोलेर अमेरिकी कुटनीतिज्ञहरूलाई अविलम्ब मुक्त गर्नुपर्ने माग राखेका थिए ।
तर पनि इरानी अतिवादीहरू टसमस भएनन् । दिन बित्दै गए । त्यो घटना सभ्य समाज तथा अन्तर्राष्ट्रिय जगतलाई समेत एउटा चड्कनजस्तै सावित भयो ।
त्यसरी विदेशी राजदूतावासमा घुसेर कुटनीतिज्ञहरूलाई बन्दी बनाउनु भनेको अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंग्घन भएको थियो । यो घटनाले विश्वभर हल्लिखल्ली मचायो । प्रायः सबैजसो देशहरूले यो कदमको निन्दा गरे । ईरानप्रति सहानुभूति राख्ने देशहरूले समेत यस कदमलाई निको मानेनन् ।
तर पनि इरानी अतिवादीहरू टसमस भएनन् । दिन बित्दै गए । त्यो घटना सभ्य समाज तथा अन्तर्राष्ट्रिय जगतलाई समेत एउटा चड्कनजस्तै सावित भयो । तर पनि प्रयासहरू जारी हुँदै गएर अन्ततोगत्वा ४ सय ४२ दिन पछि २० जनवरी १९८१ का दिन सबै कुटनीतिज्ञहरू रिहा भए । यसमा स्विटजरल्याण्ड र खासगरी राजदूत लान्गेको सवल भूमिकाले काम गरेको थियो ।
गोपनीयताको सवालमा पनि स्विजरल्याण्ड सबैभन्दा अगाडि छ । सायद यही कारण संसारका पैसावालाहरू स्वीस बैंक मन पराउँछन् । सुरक्षित र गोपनीयता स्वीस बैंकका विशेषता मानिन्छन् ।