English

नौ महिनामा ५० लाख थान मोबाइल सेट नेपाल भित्रिए



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट ५० लाख ८५९ थान मोबाइल सेट नेपाल भित्रिएको छ ।

ती मोबाइल गर्दा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ देशबाट बाहिरिएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले कुल ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल आयात गरेको थियो । गत आर्थिक वर्ष ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको थियो ।

चालु आर्थिक वर्षमा अष्ट्रेलिया, चीन, अमेरिका , जर्मनी, भारत, जापानलगायत विभिन्न देशबाट माेबाइल भित्रिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो नौ महिनामा चीनबाट २० अर्ब ६२ करोड ९५ लाख ९६ हजार रुपैयाँ, भारतबाट १२ अर्ब १५ करोड ७ लाख ५० हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ४९ करोड ७१ लाख १५ हजार रुपैयाँ, युएईबाट २४ करोड ३८ लाख ५० हजार रुपैयाँ, अमेरिकाबाट १२ करोड १४ लाख ३६ हजार रुपैयाँ र बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँको मोबाइल सेट नेपाल भित्रिएका छन् ।

यो पनि…
नौ महिनामा भारतबाट दुई खर्बको पेट्रोलियम पदार्थ आयात
नौ महिनायता निर्यातमा ६९ प्रतिशतले वृद्धि



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested