गलत सरसफाइले घर देखिन्छ झन् फोहोर
सुन्दर घरको लागि सरसफाइ धेरै महत्वपूर्ण छ, तर घर सफा गर्नु त्यति सजिलो काम होइन । घर सफा गर्न धेरै मिहिनेत गर्नुपर्छ । सरसफाइ गरिसकेपछि पनि घर फोहोर देखियो भने हाम्रो सबै मेहनत खेर जान्छ ।
वास्तवमा, सरसफाइ गर्दा यी गल्तीहरूले गर्दा, घर फोहोर देखिन्छ । आउनुहोस् जानौं घर सफा गर्दा कुन कुरामा ध्यान दिनुपर्छ ।
थोरै ठाउँमा धेरै फर्निचर
सुन्दर र सफा घरको लागि आवश्यकता अनुसार सामान वा फर्निचर राख्नुपर्छ । धेरैले सानो घरमा धेरै फर्निचर राख्छन्, जसका कारण घर सफा गरे पनि फोहोर देखिन्छ ।
ह्याङ्गरमा लुगा झुण्ड्याउने
घर सफा गर्नु भनेको धुलो र माटो सफा गर्नु मात्र होइन । धेरैजसो घरहरूमा वाल ह्याङ्गरहरूको प्रयोग गरिन्छ । मानिसहरूले भित्तामा ह्याङ्गर लगाई लुगा टाँग्छन्, जसले गर्दा घर फोहोर देखिन्छ । घरको सरसफाइका लागि कपडा नभई मास्क, साँचो भित्तामा राख्नुपर्छ ।
टेबलमा धेरै सामान राख्नले
मानिसहरूले टेबलमा धेरै सामानहरू राख्छन्, जसका कारण सफा घर पनि फोहोर देखिन्छ । कोठामा ड्रेसिङ टेबल र डाइनिङ टेबलमा धेरै वस्तुहरू राख्नले घर फोहोर देखिनेछ । यदि, तपाईंले टेबलमा राखिएका चीजहरू हरेक दिन सफा गरे पनि, टेबल अझै फोहोर देखिन्छ ।
फोहोर पर्दा
पर्दा र गलैंचा प्रायः लामो समयसम्म सफा गरिँदैन, जसका कारण पर्दा, गलैँचा फोहोर देखिन्छ र घर पनि फोहोर देखिन्छ ।
यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप