English

सेयर बजारमा पुन: हरियाली



साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार १३.३७ अंकले बढेको बजार २३५७.२४ बिन्दुमा पुगेर रोकियो । यो शून्य दशमलव ५७ प्रतिशतको वृद्धि हो ।

सोमबार कुल २२९ कम्पनीको २७ हजार ८ सय ४१ वटा कारोबार भएको छ । यी कारोबारबाट ३२ लाख १३ हजार १ सय ९५ कित्ता मात्र सेयर किनबेच भएको देखिएको छ ।

यसअघि आइतबार र सोमबार बजारमा ठूलो गिरावट आएको थियो । मंगलबार भने बजार केही सम्हालिएको छ । मंगलबार १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार९ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सबै उपसमूह हरियो देखिए । सबैभन्दा बढी अन्य र होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।

मंगलबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । मेगा म्यूचअल फण्ड, शिवश्री हाइड्रो र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य समेत धेरै बढ्नेमा रहेको छ ।

दिव्येश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.८२ प्रतिशतले घट्यो । मंगलबार नविल बैंकको सबैभन्दा धेरै ६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो पनि…
शेयर बजारमा इतिहास कायम भएको वर्ष
पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाउँदै जानु नै उत्तम विकल्प



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested