English

तीव्र याैन चाहनाबाट कसरी छुटकारा पाउने ?



हामी सदैव कुनै कुराबाट कसरी छुटकारा पाउने भनेर सोचिरहेका हुन्छौँ । तपाईं कुनै पनि कुराबाट जबर्जस्ती छुटकारा पाउन सक्नुहुन्न । कामवासना यौन सम्बन्ध तपाईंको निम्ति त्यही सबैभन्दा परम सुख हो । यदि तपाईंलाई कसैले यो गलत हो, त्यसलाई त्यागू भन्छन् भने, के तपाईं त्यसलाई त्याग्न सक्नुहुन्न । तर, यदि तपाईंले त्योभन्दा उच्च आनन्द चाख्नुभयो भने, तपाईंलाई कसैले त्यो कुरा त्याग्नै पर्दैन, त्यो आफैँ छुट्नेछ ।

यो कुरा तपाईंको जीवनका कयौँ पक्षहरूमा घटेका छन् । तपाईं बच्चा छँदा जुन चिजहरू पूरै संसार बराबर लाग्दथे, ती सबै छुटेर गए किनकि तपाईंले यस्तो कुरा पाउनुभयो जुन तपाईंको निम्ति पहिलेको भन्दा उच्च थियो । यहाँ पनि सोही कुरा लागू हुन्छ । जब तपाईं कुनै यस्तो चिजको सम्पर्कमा आउनुहुन्छ, जसमा असाध्यै तिव्रता छ, जसले तपाईंलाई निकै बढी सुख वा भनौँ परम–आनन्द दिन्छ, तब यी यावत् कुराहरू आफैँ जानेछन् ।

कामवासना, तपाईंभित्रको सानो हिस्सा मात्र हो । फोस्रो र बेतूकको नैतिकताले गर्दा नै मानिसहरू यौन र त्यससम्बन्धी विषयहरूमा अत्यधिक लिप्त भएका हुन्, किनकि उनीहरू त्यसलाई जबर्जस्ती छोड्न खोजिरहेका छन् । जब तपाईं पुरुष वा स्त्री भन्नुहुन्छ, त्यो एउटा सानो शारीरिक भिन्नता मात्र हो, जसद्वारा खास प्राकृतिक प्रक्रिया पूरा गर्न सकिन्छ ।

दुर्भाग्यवश, सबैथोक उल्टो भइरहेको छ, किनकि जताततै बकम्फुसे पाठहरू पढाइँदैछ, तपाईं पवित्र हुनुपर्छ, तपाईंले यसको बारेमा सोच्नुहुँदैन । यस्तै मूर्खतापूर्ण शिक्षाहरूले मानिसहरूको दिमाग भरिएको छ अनि उनीहरू पूरै भद्रगोल बनेका छन् । जीवन वास्तवमा जस्तो छ, यसलाई मानिसहरूले त्यही रूपमा हेर्ने हो भने, कामवासना आफ्नो उचित ठाउँमा रहने थियो– तपाईंको जीवनमा एउटा सानो स्थान ओगट्ने थियो, यति विशाल पक्ष बन्ने थिएन । त्यो त्यसरी रहनुपर्छ । हरेक प्राणीमा यो त्यसरी नै रहेको हुन्छ । जनावरहरू जतिबेला पनि त्यसको बारेमा सोचिरहँदैनन् । जब उनीहरूमा त्यसको आवश्यकता हुन्छ, त्यो व्यक्त हुन्छ । अरू समयमा उनीहरू निरन्तर यो विचारमा फस्दैनन् कि को भाले हो, को पोथी हो ? मानिसहरू मात्रै त्यसमै अल्झिरहेका छन् । एक पलको लागि पनि उनीहरू त्यसलाई छोड्न सक्दैनन् । यसको कारण के हो भने, जीवनसँग सरोकार नै नराख्ने वाहियात नैतिकता र मूर्खतापूर्ण शिक्षाहरू उनीहरूभित्र घुसेका छन् ।

जीवन जस्तो छ, यसलाई त्यही रूपमा हेर्न सकेको भए, अधिकांश मानिसहरू छोटो समयमै त्यसबाट बाहिर निस्किने थिए । कयौँ मानिसहरू त्यसमा नफसिकनै त्यसबाट बाहिर निस्किन सक्छन् । जीवनलाई अनुपयुक्त ढङ्गले हेरिएकोले सबैथोक विकृत भएको छ अनि बढाइ–चढाइ गरिएको छ, कुरा त्यत्ति हो । त्यसो नभएको भए, तपाईंले देख्नुहुने थियो कि मानिसहरूको आबादीको ठूलो हिस्सालाई यी सबै कुराहरूमा रुचि नै हुने थिएन अथवा उनीहरूमा कहिलेकाहिँ मात्र त्यसप्रति रुचि हुने थियो– मानिसहरूको जीवनमा कामवासना त्यति बढी महत्त्वपूर्ण हुने थिएन, जति अहिले छ । ओशोमा आधारित

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले