English

हालसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर फर्किए चिनियाँ अन्तरिक्षयात्री



तीन जना चिनियाँ अन्तरिक्ष यात्री देशको अहिलेसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर शनिबार पृथ्वीमा फर्किएका छन् । अन्तरिक्ष यात्रीहरू १ सय ८३ दिनसम्म अन्तरिक्षमा रहेका थिए । अन्तरिक्ष यात्री – झाइ झिगाङ, यी गुआङफु र एक महिला चालक सदस्य वाङ यापिङ अक्टोबरमा अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए ।

उनीहरू १८३ दिनसम्म अन्तरिक्षमा रहे र वर्षको अन्त्यसम्ममा अन्तरिक्ष स्टेसन पूरा गर्न आवश्यक ११ वटा मिसनमध्ये पाँचौं मिसन पूरा गरेका छन् । सेन्झेउ– १३ गत अप्रिलमा सुरु भएको अन्तरिक्ष स्टेशनको निर्माण पूरा गर्नका लागि चार योजनाबद्ध चालक दल मिसनहरूमध्ये दोस्रो थियो ।

सेन्झेउ–१२ सेप्टेम्बरमा पृथ्वीमा फर्किएको थियो । चीनले अव दुईवटा मिसनहरू– तियान्झाउ–४ र शेन्झाउ–१४ प्रक्षेपण गर्ने योजनामा छ ।

यो पनि
ब्रह्माण्डसम्बन्धी रोचक तथ्य
पृथ्वीजस्ता ग्रह २०० वटा फेला परेको नासाको दाबी




सम्बन्धित खबरहरु

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

Latest










Popular
Suggested