विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।
२१. फिलिपिन्सस्थित गएको बाढीपहिरोले पुर्याएको क्षति ।२०. भारतीय उत्तरी राज्यस्थित प्रयागराजमा कारभित्र बसेर आइसक्रिम खाँदै बालबालिका ।१९. क्युबाको गिरोनमा हजारौँ गाँगटा समुन्द्रबाट सडकमा देखिएको दृश्य ।१८. भारतको नयाँ दिल्लीस्थित तातो लहरको बीचमा एक कामदारले निर्माणको लागि फलामको रड बोक्दै ।१७. भारतको उत्तर प्रदेशको प्रयागराजमा रामनवमी पर्वको अवसरमा गङ्गा र यमुना नदीको संगममा हिन्दू भक्तहरूले बिहानको अनुष्ठान गर्दा बालबालिका स्नान गर्दै ।१६. बंगलादेशको ढाकामा बंगाली नयाँ वर्ष वा ‘पोहेला वैशाख’ मनाउन फूलको मुकुट बेच्दै ।१५.जेनिनको वेस्ट बैंक सहरको दृश्य ।१४.बुरुन्डीस्थित तालमा माछा मार्दै ।१३.लाहोरको फलफूल बजारमा तरबुजाको व्यापार ।१२. भारतस्थित अमृतसरका किसान गहुँ बाली भित्र्याउँदै ।११.श्रीलंकामा पेट्रोलियम ग्यास (एलपीजी) सिलिन्डर किन्नेको भिड ।१०. जात्रा ‘विस्केट जात्रा’ अन्तर्गत अन्तिम दिन बिहीबार नवौँपटक जिब्रो छेडेपछि नगर परिक्रमा गर्दै बुद्धकृष्ण बाग श्रेष्ठ ।९.घोराही–१ सुकाखोलामा चैते धान रोपाईं गर्दै किसान ।८. म्याग्दीको मालिका गाउँपालिका–३, पात्लेवासी पात्ले छेरवाङ लघु जलविद्युत् परियोजनाको नहर मर्मत गर्दै ।७. नयाँ वर्ष अर्थात् सिरुवा पर्वका अवसरमा बिहीबार झापाको कमल–६ स्थित जिम्दार महाराजस्थानमा हिलो खेलेर रमाइलो गर्दे स्थानीय युवा ।६. काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल देवीस्थानडाँडामा नयाँ वर्षको अवसरमा बिहीबार घुम्न पुगेका आन्तरिक पर्यटक ।५. बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको बिहुँ आरन सेवामा तामाका भाँडा बनाउँदै कालिगढ ।४. घोराही–१७ कर्जाहीका किसान बाली भित्र्याउन बारीमा गहुँ केलाउँदै ।३. काठमाडौं महानरपालिका–२५ स्थित ऐतिहासिक बौद्धस्थल श्री घः स्तुपा अवलोकन गर्दै विदेशी पर्यटक ।२. लमही–३ मा रहेको कुलोमा माछा मार्दै महिला । फुर्सदको समयमा माछा मारेर तरकारीको जोहो गर्ने गर्दछन् ।१. महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ स्थित काली इँटा उद्योगमा इँटा बोक्दै मजदुर ।
इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव तथा