English

ग्याष्ट्रिक र बाथका लागि उपचारको गन्तव्य : भोताङको अमिलोपानी



सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका देशकै मुख्य पर्यटकीय गन्तव्य हो । पाँचपोखरी भन्नेबित्तिकै यहाँको धार्मिक आस्था महत्वप्रति सबैको विश्वास छ । जसमध्ये यही ठाउँमा पर्छ भोताङ । भोताङकै आँगनमा पर्दछ अमिलोपानी ।

पाँचपोखरी थाङपाल गाउँपालिका-३ भोताङमा रहेको अमिलोपानीको ऐतिहासिक महत्त्व छ । यहाँको पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुग्ने र विभिन्न रोगहरू न्युनीकरण हुने जनविश्वास छ । भोथाङका वडाध्यक्ष निमा छिरिङ लामा भन्छन्, ‘यहाँको पानी पिउँदा ग्यास्ट्रिक निको हुन्छ । यसकारण यस क्षेत्रको स्थानीयले मात्रै नभएर विभिन्न क्षेत्रका सर्वसाधारणले यहाँको पानी पिउन आउने गरेका छन् ।’

प्राचीनकालदेखि नै ‘अमिलोपानी’ रहिआएको र यो पानी पिउँदा विशेषगरी ग्यास्ट्रीक, जीउ दुख्ने जस्ता रोग निको हुने जनविश्वास छ ।

अमिलोपानीको तीनपटक ल्याब टेष्ट भइसकेको छ । एन्फोमा ल्याब टेष्टको रिपोर्टले अमिलो पानी मानव शरीरलाई अति आवश्यक भएको पृष्टि गरिसकेको स्थानीय रत्नप्रसाद श्रेष्ठले बताए ।

हरेक वर्ष चैते दशैँकाे तीन दिन यहाँ भव्य मेला लाग्छ । मेलामा टाढादेखिका स्थानीय बाथ, ग्याष्ट्रिकदेखि पेटसम्बन्धी समस्या निको हुने भन्दै मेला भर्न आउने गरेका छन् । मेला भर्न आउनेले साथमा सक्खर, मिश्री साथमा दुई पाथीसम्म पानी पिउने गर्छन् । यो वर्ष एक हजारभन्दा बढी मेलामा पुगेका थिए ।

मेलम्ची, चौतारादेखि काभ्रेसम्मका स्थानीय मेला भर्न पुग्ने गरेका छन् । अहिले सडक मार्गबाट आधाघन्टा ओरालो हिँडेपछि अमिलोपानी स्थल पुग्न सकिन्छ । जात्रालाई पछिल्लो समय स्थानीय सरकारले मौलिक कला संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ डम्फू सेलो सांस्कृतिक कार्यक्रमसमेत हुने गरेको छ । यसका लागि स्थानीय कलाकार, ताम्बाहरूले स्थानीय भाषामा डम्फू सेलोहरूसमेत प्रस्तुत गर्ने गर्छन् ।

यो पनि…
लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested