English

जसको काम देखेर गाउँलेहरू तरकारी खेतीमा लागे



बाग्लुङको काठेखोला गाउँपालिका–२ भीमा पोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाउँछन् । उनको खेतबारीमा फलेको तरकारी अहिले बाग्लुङ बजारका घरघरमा पुग्छ ।

उनले बजारका केही परिवारलाई आफ्नो नियमित ग्राहक बनाएका छन् । सिजन अनुसारका तरकारी र प्लाष्टिक घरमा बेसिजनका तरकारीसमेत उत्पादन गरेर शर्माले आफ्ना ग्राहकलाई तरकारी पुर्‍याएका छन् ।

उनले बर्सेनि तीन लाख मूल्य बढीको तरकारी बजार पठाउँछन् । यो उनको हिउँदे र वर्षे आलुबाहेक तरकारीबाट मात्रै हुने आम्दानी हो । आलुबाट हुने आम्दानी जोड्दा उनले घर खर्च चलाउने, छोराछोरी पढाउने खर्च गरेर बचत गर्छन् ।

प्रविधिले साथ दिएकाले ऋषिरामलाई तरकारी फलाउन र बिक्री गर्न सहज छ । ऋषिरामको प्लाष्टिक घरमा अहिले पनि अकबरे खुसानी र गोलभेँडा फलेका छन् । खेतमा लगाइएको बर्खे आलुले खेतैभरी हरियो बनाएको छ ।

पाँचमुरी आलुको बीउ लगाएका शर्माले ४० मुरी आलु फलाउने लक्ष राखेका छन् । ‘हिउँदे आलुको मूल्य परेन, बर्खामा त ५० रूपैयाँ किलो कसो नपर्ला र’ शर्माले भने, ‘अहिले तरकारी खेती गर्दा पनि राम्रै हुन्छ भन्ने मलाई पनि लागेको छ, गाउँले पनि त्यसै भन्छन् ।’

बाग्लुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका ऋषिराम शर्मा गाउँका अगुवा किसान हुन् । उनले तरकारी खेती गरेको देखेर देखासिकी गर्नेहरू गाउँमा बढेका छन् । ‘अहिले गाउँमा तरकारी उत्पादन बढ्दो छ’, शर्माले भने, ‘किसानका लागि बिउदेखि औजार, उपकरणसमेत अनुदानमा पाउने भएपछि कृषिमा आकर्षण बढ्दो छ ।’

शर्मा गाउँका अगुवा किसान पनि हुन् । उनले तरकारी खेती गरेको देखेर देखासिकी गर्नेहरू गाउँमा बढेका छन् । ‘अहिले गाउँमा तरकारी उत्पादन बढ्दो छ’, शर्माले भने, ‘किसानका लागि बिउदेखि औजार, उपकरणसमेत अनुदानमा पाउने भएपछि कृषिमा आकर्षण बढ्दो छ ।’

व्यावसायिक उत्पादन गर्ने किसानलाई फार्म दर्ता गरेमा अनुदान दिने गरेको छ । वडामा दर्ता भएर चलेका हरेक किसानले ५० हजार अनुदान पाएको शर्माले बताए । पाँच वर्षयता वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्न थालेपछि गाउँमा १५० घरमा प्लाष्टिक घर छन् ।

पहिले बजारको तरकारी किनेर खाने गाउँलेहरू अहिले तरकारी बिक्री गर्ने गरेको वडाध्यक्ष विद्यापति शर्मा बताउँछन् । वडाले उत्पादनअनुसार टोललाई पकेट क्षेत्र बनाएको छ । आलुको उत्पादन धेरै हुने भीमापोखरामा तरकारी र फलफूलका पकेट क्षेत्र बनाइएका छन् ।

‘हामीले किसानको आवश्यकताअनुसार तालिम, प्रशिक्षणलगायत प्राविधिक विषयमा सहयोग गर्छौँ’, शर्माले भने, ‘आधुनिकीकरणमा किसान उत्साहित भएर सहभागी हुने गरेका छन् ।’ सिँचाइको प्रबन्ध राम्रो भएकाले पनि किसान उत्पादनमा जोडिएको उनले बताए । भीमा पोखरामा उत्पादन भएको तरकारी बाग्लुङ बजारमा बिक्री हुने गरेको छ । सांकेतिक तस्बिर

यो पनि…
कागजमा मात्रै घरजग्गा, पहिरोको कर तिर्छन् पीडित

आज सोमबार कुन फलफूल र तरकारीको मूल्य कति ? [सूचीसहित]



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested