English

सम्बन्ध कस्तो बनाउने ?



सम्बन्ध एक प्रकारको आदानप्रदान हो । यसलाई राम्रोसँग चलाउन विशेष कुशलता चाहिन्छ । अन्यथा, यो कुरूप बन्न सक्छ । तपाईंले ख्याल गर्नुभएको होला कि कुनैदिन एक व्यक्तिसँगको क्षण कति रमाइलो हुन सक्छ, अनि अर्को दिन त्यही व्यक्तिसँगको क्षण कति नरमाइलो हुन सक्दछ ।

दुर्भाग्यवश, अधिकांश मानिसहरू सम्बन्ध एक प्रकारको आदानप्रदान हो भन्ने कुरा स्वीकार गर्न चाहँदैनन् । सम्बन्धले राम्रोसँग काम गर्नको लागि केही आधारभूत नियम र सर्तहरू हुने गर्छन् ।

तपाईं यी नियम र सर्तहरूको दायरामा रहनुभयो भनेमात्र, तपाईंले सफलतापूर्वक सम्बन्ध निर्वाह गर्नुहुनेछ । तर यदि तपाईंले “हाम्रो प्रेम सर्त रहित छ” भन्ने काल्पनिक विचार बोक्नुभएको छ भने, जुनसुकै क्षण त्यो तहसनहस हुन सक्छ ।

म सम्बन्धहरूलाईं तुच्छ देखाउने कोशिस गरिरहेको छैन, तर यसका सीमाहरू मनन गर्नुमा केही गलत छैन । यसका सीमाहरू छन्, तर त्यसको अर्थ यसमा सुन्दरता छैन भन्ने होइन ।

फूल निकै सुन्दर हुन्छ, तर यदि मैले त्यसलाई कुल्चेँ भने, यो दुई दिनमा मल बन्छ । म एक पलमै फूल नष्ट गर्न सक्छु, तर के त्यसले फूलको सुन्दरता र महत्व कम हुन्छ ? हुँदैन । त्यसैगरी, तपाईंको प्रेम नाजुक छ । यसको बारेमा अनेक थरीका काल्पनिक कुराहरू नपत्याउनुहोस् । साथसाथै, म त्योसँग जोडिएको सुन्दरतालाई अस्वीकार गरिरहेको छैन ।

यदि तपाईंले जीवनको त्यति कमजोर आयामलाई आफ्नो जीवनको आधार बनाउनुभयो भने, स्वाभाविक रूपमा तपाईं जतिबेला पनि चिन्ताले ग्रस्त बन्नुहुनेछ, किनकि तपाईं नाजुक फूलमाथि बसिरहनु भएको छ ।

मानौँ, फूल असाध्यै सुन्दर भएकोले तपाईंले जमिनमा आफ्नो घर बनाउनुको सट्टा फूलमाथि घर बनाउनुभयो भने, तपाईं सधैँ डरमा बाँच्नुहुनेछ । यदि तपाईंले जमिनमा आफ्नो जग बसाल्नुभयो अनि त्यसपछि फूललाई हेर्नुभयो, सुघ्नुभयो र स्पर्श गर्नुभयो भने, यो अद्‌भुत हुनेछ ।

यदि तपाईंले फूलमा आफ्नो घर बनाउनुभयो भने, तपाईं निरन्तर डरमा रहनुहुनेछ । मैले यस प्रसङ्गमा मात्र भनिरहेको हुँ । प्रेम जे हो, त्यसलाई हामी अस्वीकार गर्न खोजिरहेका छैनौँ ।

यो पनि…
कसैलाई नभन्नुहोस् यस्ता गोप्य कुरा

लक्ष्य प्राप्त गर्न तपस्या जरुरी



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested