English

जीवनको आध्यात्मिक आयाम



शारीरिक र मानसिक पक्षहरूभन्दा पर सबै जीवन एउटै हुन् । यसलाई बुझाउनको लागि दुर्भाग्यवश हामीले यस्तो शब्द प्रयोग गर्नुपर्ने हुन्छ, जुन अहिलेको समयमा असाध्यै अपभ्रंश भएको छ- त्यो शब्द हो, आध्यात्मिकता ।

आध्यात्मिक प्रक्रिया भनेको माथि हेर्ने वा तल हेर्ने होइन । आध्यात्मिकता, आफूभित्र फर्किने अनि हाम्रो शरीर र मनको संरचनाहरूभन्दा परको आयामलाई स्पर्श गर्ने बारेमा हो । यो अवस्थामा, तपाईं, म र अरू बिच कुनै भिन्नता हुँदैन ।

आध्यात्मिकता एकदमै महत्त्वपूर्ण छ । हामीले समानताको बारेमा चाहे जतिसुकै बहस गरे तापनि, जब हामी शरीर र मनलाई अगाडि राखेर कुरा गर्छौँ, त्यहाँ कुनै समानता हुन सक्दैन । तर हामीले शरीर र मनबाट पर गएर जीवनको यो आयामलाई अगाडि ल्यायौँ भने, सबैथोक एउटै हो ।

यदि मानिसहरूमा यो अनुभव हुन सक्यो भने, तपाईंले यहाँ असाध्यै सानदार समावेशी अस्तित्व पाउनुहुनेछ । कसेले के क्षमता लिएर आएको छ भन्ने कुराले फरक पार्दैन, हरेक जीवनको स्थान हुनेछ । तर यतिखेर, शारीरिक र मानसिक क्षमताहरूको आधारमा हामीहरू मापक तय गरिरहेका छौँ, “यो राम्रो स्तरको हो अनि यो कम स्तरको हो ।“ यस्तो नगर्नुहोस् ।

के तपाईं यो भन्न सक्नुहुन्छ कि गाँजर वा फट्याङ्ग्राको जीवन तपाईंको तुलनामा कम छ ? तिनीहरू तपाईंबिना निकै आरामपूर्वक बाँच्न सक्छन्, तर तपाईं तीबिना बाँच्न सक्नुहुन्न ।

प्रकृतिले हामीलाई यो सम्भावना दिएकी छिन् कि हामीसँग यो बुद्धि छ, जसद्वारा हामी अरू सबै जीवनहरूभन्दा माथि उठ्न सक्छौँ । जब तपाईं एउटा निश्चित स्तरसम्म माथि उठ्नुहुन्छ, यदि तपाईं मूर्ख हो भने, तपाईंले यो अरूमाथि दमन गर्ने समय हो भनेर सोच्नुहुन्छ । होइन । जब तपाईं यस्तो स्तरमा पुग्नुहुन्छ, जहाँ बाँकी जीवनहरूले जानी–नजानी तपाईंतर्फ कुनै आशा लिएर हेरिरहेका हुन्छन्, यो सबैलाई समावेश गरेर घुलमिल हुने समय हो । यो अरूमाथि प्रभुत्व जमाउने वा दमन गर्ने समय होइन, किनकि जब तपाईं दमन गर्नुहुन्छ, तपाईं सबैथोकबाट अलग्ग रहनुहुन्छ । सदगुरुको प्रवचनमा आधारित

यो पनि…
यसकारण बिग्रन सक्छ दाम्पत्य जीवन
कसैलाई नभन्नुहोस् यस्ता गोप्य कुरा

लक्ष्य प्राप्त गर्न तपस्या जरुरी



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested