English

जुन नाकाबाट निर्यात शून्य छ, त्यहीँबाट ४० अर्बको आयात !



नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ । आयात भने २४ वटै नाकाबाट निर्वाधरूपमा चलिरहेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७८/७९ को शुरुवाती आठ महिना (साउनदेखि फागुनसम्म)को अवधिमा १० वटा नाकाबाट एक रुपैयाँको वस्तु पनि पठाइएको छैन ।

भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सर्लाही, सुनसरी, तातोपानी र टाँडी सीमा भन्सार नाकाबाट पछिल्लो आठ महिनामा कुनै पनि वस्तु निर्यात हुन सकेको छैन । जबकि, सोही अवधिमा ती नाकाबाट नेपालमा ३९ अर्ब ८४ करोड १५ लाख ४३ हजार रुपैयाँको वस्तु भित्रिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको शुरुवाती आठ महिनामा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ ।

नेपालले भद्रपुर, भैरहवा, विराटनगर, विरगञ्ज, ड्राइपोर्ट, गौर, जलेश्वर, जनकपुर, कैलाली, कञ्चनपुर, कृष्णनगर, महेशपुर, मेची, नेपालगञ्ज, राजविराज, रसुवा, सर्लाही, सती, सिराहा, सुनसरी, सुथौली, तातोपानी, टाँडी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गरी २४ वटा सीमा भन्सार नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ ।

नेपालको निर्यात शून्य रहेका सीमानाकामध्ये भद्रपुरबाट ७७ करोड ७३ लाख १ हजार रुपैयाँ, गौरबाट १ अर्ब ४ करोड ५२ लाख ५५ हजार रुपैयाँ, जनकपुरबाट ८४ करोड ६७ लाख ३९ हजार रुपैयाँ, महेशपुरबाट १ अर्ब १२ करोड ४७ लाख २६ हजार रुपैयाँ, राजविराजबाट ११ करोड १० लाख ४४ हजार रुपैयाँ, रसुवाबाट १८ अर्ब ४७ करोड ५२ लाख ९४ हजार रुपैयाँ, सर्लाहीबाट ३ अर्ब ४२ करोड ९५ लाख ६७ हजार रुपैयाँ, सुनसरीबाट ४ अर्ब ८४ करोड २५ लाख ७५ हजार रुपैयाँ, तातोपानीबाट ९ अर्ब ६ करोड ६५ लाख ५५ हजार रुपैयाँ र टाँडीबाट १२ करोड २४ लाख ८७ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ ।

चीनसँग सीमा जोडिएका दुवै नाका रसुवागढी र तातोपानीबाट निर्यातशून्य रहेको छ ।

सबैभन्दा बढी आयात–निर्यात वीरगञ्जबाट

नेपालका २४ मध्ये सबैभन्दा ठूलो वैदेशिक व्यापार विरगञ्ज नाकाबाट हुने गरेको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार पछिल्लो सात महिनामा विरगञ्ज नाकाबाट ४ खर्ब ६३ अर्ब ३४ करोड ७२ लाख ७ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । सोही समयमा विरगञ्ज नाकाबाट ६६ अर्ब ३६ करोड २ लाख ८३ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ ।

नेपालको कूल आयात व्यापारमध्ये ३५.४० प्रतिशत विरगञ्ज नाकाबाट हुने गरेको छ । यस्तै, कुल निर्यात व्यापारको ४४.९२ प्रतिशत वीरगञ्ज नाका हुँदै हुने गरेको छ ।

नेपालले दोस्रो ठूलो आयात भैरहवा नाकाबाट गर्ने गरेको छ । बितेका आठ महिनामा भैरहवा नाकाबाट नेपालमा २ खर्ब ६ अर्ब ७५ करोड ४५ लाख ९३ हजार रुपैयाँको वस्तु भित्रिएको छ ।

यस्तै, चालू आर्थिक वर्ष शुरु भएयता विराटनगरबाट १ खर्ब ४८ अर्ब ५६ करोड ८६ लाख २६ हजार रुपैयाँ, ड्राइपोर्टबाट १ खर्ब ४६ अर्ब ५५ करोड ४३ लाख ४३ हजार रुपैयाँ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ५७ अर्ब ७३ करोड २० लाख ५७ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागले जनाएको छ ।

यो पनि…
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित