English

स्थानीय निर्वाचन : बालमैत्री छैनन् गाउँ-नगर



अगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन गइरहेको छ । निर्वाचन मिति नजिँकिदै जाँदा झापाका राजनीतिक दलले मतदाता केन्द्रित आ–आफ्ना गतिविधिलाई तीव्र बनाइरहेका छन् ।

मतदानको अधिकारप्राप्त नभएका तर भविष्यको कर्णधारका रूपमा रहेका बालबालिकासँग सम्बन्धित सवाल राजनीतिक दलले त्यति धेरै चासो र चिन्ता दिएको पाइँदैन । उल्टै आचारसंहिताविपरीत बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग गरिएको समाचार आउने गरेका छन् ।

स्थानीय तह निर्वाचन–२०७४ पछि झापाका १५ पालिकामा स्थानीय सरकार गठन भयो । सो पाँचवर्षे अवधिमा भद्रपुर नगरपालिका मात्र बालमैत्री नगर घोषणा गरिएको छ । सरकारले २०८७ सम्ममा मुलुकलाई बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा झापाका प्रमुख राजनीतिक दलले बालमैत्री गाउँ-नगर बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे ‘समृद्ध नेपाल, सुखी नेपाली’ हुन बालमैत्री गाउँ-नगर हुन जरुरी रहेको बताउँछन् ।

घोषणापत्रमै बालबालिकासँग सम्बिन्धत सवालहरूलाई समेट्ने उनले बताए । ‘बोलीमा मात्र होइन, व्यवहारमा पनि उतार्छौँ’, उनले भने, ‘अबको चुनावमा घोषणापत्रअनुसारको काम गर्ने उम्मेदवार छान्छौँ ।’

त्यस्तै नेकपा (एमाले) झापाका सचिवालय सदस्य देवराज कार्की घरबाटै बालमैत्री व्यवहारको सुरुआत गर्नुपर्नेमा जोड दिन्छन् । उनले आफ्नो पार्टी दत्तचित्त भएर बालबालिकाका सवालमा लाग्ने र लागिरहेको उल्लेख गरे ।

‘घरदेखि सबै क्षेत्र बालमैत्री बनाउनुपर्छ’, उनले भने, ‘संविधानमै व्यवस्था भएकाले त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्ध छौँ ।’ सबैभन्दा पहिला बालबालिकालाई पार्टीले प्राथमिकता दिएको उनको भनाइ छ ।

मतदानको अधिकारप्राप्त नभएका तर भविष्यको कर्णधारका रूपमा रहेका बालबालिकासँग सम्बन्धित सवाल राजनीतिक दलले त्यति धेरै चासो र चिन्ता दिएको पाइँदैन । उल्टै आचारसंहिताविपरीत बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग गरिएको समाचार आउने गरेका छन् ।

सामाजिक परिवेशले समेत बालअधिकारलाई असर गर्ने गरेको नेकपा (माओवादी केन्द्र) झापा संयोजक राजु आचार्य बताउँछन् । ‘राजनीतिक दलले बालमैत्री अभियान चलाउनु पर्छ’, उनले भने, ‘बालबालिकालाई मानसिक असर पर्ने काममा ध्यान दिनुपर्छ ।’

संविधानले नै बालबालिकाको अधिकारलाई सुनिश्चित गरेको बताउँदै उनले बालबालिकाको दातृ निकायको प्रचार गर्नुभन्दा परिणामुखी काम गर्नुपर्ने जोड दिए । पार्टीले बालमैत्री अभियानलाई प्राथमिकता दिएको उनको भनाइ छ । उनले स्थानीय तह चुनावमा पार्टीले बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाए ।

पछिल्लो समय चेतना र पहुँचमा विकास हुँदै गएकाले बालमैत्री सवाल क्रमशः सम्बोधन हुँदै गएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष वेदराज रेग्मीले बताए । ‘सबैको चाहना सन्ततिको उन्नति रहेको छ’, उनले भने, ‘त्यसका लागि पहुँच र चेतनाको विकास हुँदै गएको छ ।’ संविधानले नै बालमैत्री सवाललाई सम्बोधन गरेकाले सोको कार्यान्वयनमा पार्टी प्रतिबद्ध रहेको उनले बताए ।

नगर बाल सञ्जाल भद्रपुरका अध्यक्ष भावना पोरखेल बालबालिकालाई भोलिको कर्णधार मात्र नभई वर्तमानको साझोरदा बनाउनुपर्नेमा जोड दिइन् । उनले भोलि भन्दा–भन्दै समय बित्ने भएकाले आजलाई सम्बोधन गर्नुपर्ने बताइन् ।

‘अहिले पनि विद्यालय आसपासको क्षेत्रमा मादक पदार्थ, खैनी, चुरोट बिक्री भइरहेको छ’, उनले भने, ‘कानूनले बर्जित गरेका कुरा खुलेआम भइरहे पनि नियमनकारी निकायले त्यसतर्फ ध्यान दिएको छैन, जसका कारण बालबालिका कुलतको शिकार भइरहेका छन् ।’

यो पनि…
स्थानीय तह निर्वाचन : २३ लहरका एक करोड ९४ लाख मतपत्र छापिने



सम्बन्धित खबरहरु

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवि पत्रकारका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन