English

यसरी मिल्छ महिलालाई यौन सन्तुष्टि



महिलाको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ, स्तन पनि त्यसभन्दा कम हुँदैन । किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरूले पत्ता लगाएका छन ।

अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले महिलाहरूको स्तन र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुई अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो । योनी स्पर्शको बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनकोे स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।

त्यसैले, केही महिलाहरू स्तनको स्पर्शबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको सञ्चार स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छन् । त्यसैले, उनीहरूलाई सम्भोगको आवश्यक पर्दैन ।

अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरूले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरूको योनी र स्तनलाई सुम्सुम्याउन आग्रह गरेका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरूको मस्तिष्कमा हुने परिवर्तनलाई अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानरभित्र राखिएको थियो ।

यस क्रममा प्राप्त तस्वीरहरूले योनी र स्तन दुवैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँसम्म गएको पाइयो । पुरूषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले