कस्तो छ आज मौसम ?
नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । प्रदेश १ र बाग्मतीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
दिउँसो प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा तथा बाग्मती र गण्डकीका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, बाग्मती र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ ।
बिहीबार प्रदेश १ को पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यो पनि…
लत छोड्ने संकल्प
बिहान सबेरै प्रकृतिको आवाज सुन्नु स्वास्थ्यको लागि लाभदायक