English

निर्वस्त्र सुत्नु स्वास्थ्यका लागि फाइदै फाइदा



सुत्ने सबैको आ–आफ्नै तरिका हुन्छ । कोही कपडा लगाएर सुत्छन भने कोही कपडा नलगाई । एक अनुसन्धानअनुसार १० प्रतिशत मानिसहरू निर्वस्त्र सुत्छन् । वास्तवमा विनाकपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक छ ।

पार्टनरसँग निर्वस्त्र सुत्नुका फाइदा

पार्टनरसँग निर्वस्त्र सुत्दा छालाको प्रत्यक्ष सम्पर्कले अक्सिटोसिन हर्मोन निस्कन्छ । यसलाई बन्डिङ हर्मोन पनि भनिन्छ । यसले मानिसमा खुसीको मात्रा बढाइदिनुका साथै तनाव र उच्च रक्तचापलाई घटाउन मद्दत गर्छ ।

-सुत्दा कपडा लगाउनुको अर्थ हो, शरीरलाई तातो बनाइराख्नु । तर, यसले ग्रोथ हर्मोनलाई अवरुद्ध पार्छ । यो हर्मोनले बोन डेन्सिटीलाई बढाउँछ, मुटुको रोग र मधुमेह लाग्ने खतरा कम गर्छ र कोषलाई मर्मत गर्छ । यसका साथै मांसपेशीको निर्माण गर्नुका साथै आन्तरिक अंगहरूलाई वृद्धि गर्न मद्दत गर्छ । रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै यसले स्वस्थ तौल निर्माणमा सहयोग गर्छ ।

-यौनको वातावरणलाई बढाउँछ र शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जनलाई वृद्धि गर्छ ।

-रातको समयमा शरीर शान्त र शितल भएपछि कोर्टिसोल हर्मोनको मात्रा घट्छ । जब हामी सुत्छौं, उठ्दा कोर्टिसोलको मात्रा उच्च हुन्छ । यसले मानिसमा भोक जगाउँछ । यसले मानिसको तौल बढाउन पनि मद्दत गर्छ ।

-जब शरीरलाई ६८ देखि ७० डिग्रीको तापक्रममा राखिन्छ, एन्टिएजिङ हर्मोन, ग्रोथ हर्मोन र मेलाटोनिनले राम्रोसँग काम गर्छन् ।

-निर्वस्त्र सुत्दा व्यक्तिले आफ्नो शरीर सहज भएको अनुभव गर्छ ।

-निर्वस्त्र सुत्नाले छालाले प्रत्यक्ष हावाको सम्पर्क गर्न पाउँछ । दिउँसोको समयमा छाला कपडाले छोपिएको हुन्छ । तर, राति निर्वस्त्र सुत्नाले छालामार्फत् शरीरमा हावा प्रवेश गर्न सक्छ । यसले छालाको रोग लाग्ने सम्भावनालाई घटाउँछ । र छाला तथा यौनांग सुक्खा हुन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

Latest










Popular
Suggested