English

तीन महिनाभित्र कोरोना भ्याक्सिनको दोश्रो डोज नलगाए के हुन्छ ?



नेपालमा कोरोनाको पहिलो खेप लगाएकाहरूलाई सरकारले वैशाख ७ देखि ११ गतेसम्म दोश्रोे डोज लगाउने भएको छ । नयाँ वर्षको हप्तादिनपछि सरकारले दोश्रो पटकको डोज लगाउने भएको हो । भारतबाट ल्याइएको कोभिशील्ड खोप पहिलो चरणमा लगभग १७ लाखभन्दा धेरै मानिसले लगाएका थिए ।

उनीहरूलाई अब दोश्रो खोपको डोज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मेरोलाइफस्टाइलसँग कुराकानीका क्रममा उनले भने, ‘हामीसँग पहिलो खेपमा कोरोनाको खोप लगाएकाहरूलाई दोश्रो पटकको खोपको डोज लगाउनका लागि भ्याक्सिन पहिल्यै ल्याएका छौँ, खोप हामीले वैशाख ७ देखि ११ गतेसम्म लगाउँछौँ ।’

नेपाललाई भारत सरकारले पहिलो पटक १० लाख कोभिशील्ड भ्याक्सिन अनुदान दिएको थियो । त्यस्तै दोश्रो पटकमा नेपालले भारतसँग १० लाख डोज नै किनेको थियो भने ३ लाख ४८ हजार डोज सहुलियतमा नेपाल ल्याइएको थियो । त्यस्तै, भारत सरकारले नेपाल आर्मीलाई १ लाख डोज सहयोग गरेको थियो । यसबाट सरकारले लगभग १७ लाखभन्दा धेरै भ्याक्सिन प्रयोग गरिसकेको छ । अर्थात् १७ लाखभन्दा बढी मानिसले भारतबाट ल्याइएको कोभीशिल्ड लगाएका छन् ।

भारतमै कोभिशील्डको संकट परिरहेको यस समयमा भारतले नेपाललाई थप भ्याक्सिन उपलब्ध गराउने संकेत त्यति देखिँदैन ।

भारतबाट ल्याएको कोभिशील्ड भ्याक्सिन नेपालसँग अब बाँकी ७ लाख छ । योबाहेक नेपाललाई पहिलो पटक लगाएकाहरूलाई दोश्रो डोज लगाउनका लागि अझै ९ लाख भ्याक्सिन आवश्यक पर्दछ । यसमा चाहिने थप बाँकी १० लाख डोज नेपालले भारतसँग किनिसकेको बताइएको छ । ‘हामीले कुरा गरिरहेका छौँ, अब छिटै नै बाँकी भ्याक्सिन ल्याउने छौँ,’ प्रवक्ता गौतम भन्छन् ।

कोरोनाको पहिलो खोप लगाएको तीन, पौने तीन महिनामा दोश्रो डोज लगाउनु पर्छ, तर त्यो समय आइपुग्नै लागिसक्दा समेत नेपालमा पहिलो पटक भ्याक्सिन लगाएकालाई दोश्रो डोज लगाउनका लागि पर्याप्त भ्याक्सिन छैन । भारतमै कोभिशील्डको संकट परिरहेको यस समयमा भारतले नेपाललाई थप भ्याक्सिन उपलब्ध गराउने संकेत त्यति देखिँदैन ।

समयावधि भित्रमा खोपको दोश्रो डोज नलगाएमा एन्टीबडीको लेभल शरीरमा कम हुने बताउँछन् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारी ।

तीन महिनामा दोश्रो डोज नलगाए के हुन्छ ?

नेपालमा गत माघ १४ गतेबाट कोरोना भ्याक्सिन लगाउन शुरु गरिएको थियो । त्यसपछिको पौने तीन महिना भित्रमा दोश्रो डोज लगाउनु पर्छ । यदि यो समयावधि भित्रमा खोपको दोश्रो डोज नलगाएमा एन्टीबडीको लेभल शरीरमा कम हुने बताउँछन् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारी । पहिलो डोज लगाएको तीन महिना भित्रमा दोश्रो डोज लगाइएन भने बुस्टर डोज हुँदैन, यसको असर केही न केही भने हुन्छ, नहुने होइन । यसबारेमा थप अध्ययन पनि भइरहेको छ । यदि नलगाएमा यसले शरीरमा तुलनात्मक रुपमा एन्टीबडीको लेभल कम हुन्छ, अन्य खासै असर हुँदैन ।

कोभिशील्ड लगाएकाले चीनको सीनोभ्याक लगाउन मिल्छ ?

अहिले धेरैको चासोको विषय छ, यो । धेरैले भारतबाट ल्याएको कोभिशील्डको पहिलो डोज लगाएकालाई चीनबाट ल्याएको सीनोभ्याक लगाउन मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरिरहेका छन् । यसबारेमा स्टडी भइरहेको बताउँछन् सहप्रवक्ता अधिकारी । ‘यसबारे अध्ययन भइरहेको छ, अहिलेसम्मको कुरा गर्नुपर्दा भारतबाट ल्याएको भ्याक्सिन लगाएकालाई भारतबाटै आएको भ्याक्सिन लगाइन्छ,’ अधिकारीले भने ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested