English

नेपालमै बन्यो भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकैपटक हजारौँ फोनमा ‘भ्वाइस एसएमएस’



सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा आधारित नयाँ सञ्चार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ । भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा सञ्चालित रहेको यो सेवाको नेपालमै पहिलो व्यावसायिक सुरुवात गरिएको रिङ्गेजका अध्यक्ष दीपेश रेग्मीले बताए ।

सामान्य भाषामा बुझ्दा एकै समयमा हजारौँ फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रशारण गर्ने प्रविधि नै ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ हो । प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिष्कृत संस्करण भ्वाइस कलिङ सिस्टमका रूपमा यो सेवा आएको रेग्मीको भनाइ छ । यसलाई ‘भ्वाइस एसएमएस’ पनि भनिन्छ ।

केही महिना अगाडि भएका राजनीतिक पार्टीका महाधिवेशनमा यो सेवाको प्रभावकारी परीक्षण गरिएको रेग्मीले जानकारी दिए । महाधिवेशनमा उम्मेदवारले प्रतिनिधिहरूसँग भोट माग्न यो सेवा प्रयोग गरेका थिए ।

चुनावमा भोट माग्न मात्र नभई कुनै पनि कम्पनी वा संस्थाको उत्पादन, सेवा तथा गतिविधिको जानकारी दिन, बैंकिङ सेवाहरूको सूचना प्रवाह गर्न र पूजा तथा भोज कार्यक्रममा निम्ता दिनका लागि समेत यो सेवा निकै प्रभावकारी हुने रेग्मी बताउँछन् ।

यो पनि
‘एफ–२२’ फाइटर जेटलाई सेवाबाट हटाउँदै पेन्टागन
अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदन : सुरक्षामा चीन र रूस प्रमुख खतरा



सम्बन्धित खबरहरु

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

Latest










Popular
Suggested