English

विश्व इतिहासका यी हुन् मुख्य घटना



आज ३१ मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

ब्राजिलका सैनिक तानाशाह
सन् १९६४ मा कुमार्फत सैनिक तानाशाह हम्बर्टो कास्टेलो ब्रान्को ब्राजिलको सत्तामा पुगेका थिए । ब्रान्कोकोे शासन कालमा वामपन्थी विपक्षीमाथि चरम दमन भएको थियो, जसका कारण सन् १९६८ मा देशमा व्यापक सामाजिक अशान्ति र हडताल भएको थियो ।

अमेरिकामा डीएसटी सुरु
सन् १९१८ मा संयुक्त राज्य अमेरिकामा पहिलो पटक मानक समय डेलाइट सेभिङ टाइम (डीएसटी) सुरु भएको थियो । अमेरिकाका हवाई र एरिजोनाबाहेक धेरैजसो क्षेत्रहरूले वर्षमा दुई पटक घडीहरू परिवर्तन गर्छन् । डीएसटी पहिलो पटक प्रयोग गर्ने देश जर्मनी हो ।

इफेल टावर खुला
सन् १८८९ मा फ्रान्सको इफेल टावर खुला गरिएको थियो । फ्रान्सेली इन्जिनियर अलेक्जेन्डर गुस्ताभले टावरको माथिबाट फ्रान्सेली झन्डा फहराएपछि टावर खुला गरिएको थियो । सोही समयदेखि नै उक्त टावर पेरिसको प्रतिष्ठित चिह्न बनेको छ ।
यो पनि…
युद्ध अन्त्यको विषयमा रूसी राष्ट्रपति पुटिन के भन्छन् ?

शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित छन् युक्रेनी



सम्बन्धित खबरहरु

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ