आइपिएल : बेङ्लोरले कोलकतालाई हरायो, को बने च्याम्पियन ?
इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेङ्लोर (आरसिबी) ले कोलकाता नाइड राइडर्स (केकेआर) लाई तीन विकेटले हराएको छ ।
बुधबार कोलकाताले दिएको १२९ रनको लक्ष्य आरसिबीले १९ ओभर २ बलमा सात विकेट गुमाएर पूरा गर्यो । आरसिबीका सेरफेन रदरफोर्डले सर्वाधिक २८ रन बनाए । यस्तै सहबाज अहमेदले २७ र डेविड विलेले १८ रन जोडे ।
केकेआरका टिम साउदीले तीन विकेट लिँदा उमेश यादवले दुई र सुनिल नारिनले एक विकेट लिए । त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको केकेआरले १८ ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि १२८ रनको योगफल खडा गरेको थियो ।
केकेआरका आन्द्रे रसेलले २५ रन बनाए । यस्तै उमेश यादवले १८ रन जोड्दा साम विलिङ १४ रन बनाइ आउट भए । केकेआरलाई सस्तैमा समेट्न आरसिबीका वनिन्दु हसरंगाले सर्वाधिक चार विकेट लिए ।
चार ओभर बलिङ गरेका हसरंगाले २० रन खर्चिए । यसबाहेक, आकाश दीपले तीन र हर्शल पटेलले एक विकेट लिए ।
टेबलटेनिसमा राजन च्याम्पियन
नेपालको एनिज पिङपोङ क्लबका राजन सुब्बा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान पुरुष ५५ वर्षमाथि सिंगल्समा च्याम्पियन बनेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजनले भारतको इन्डियन मास्टर्सका कपिल कुमारलाई ३–१ ले पराजित गरे । राजनले पहिलो सेट ११–१३ ले गुमाए पनि त्यसपछिका ३ सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बने । राजनले दोस्रो सेटमा १२–१०, तेस्रोमा ११–७ र चौथोमा ११–४ को प्रदर्शन गरे । आयोजक ललितपुर टेबलटेनिस क्लबका प्रकाश धाख्वा र एनिजका कपुर शर्मा तेस्रो भएका छन् ।
सम्झना ल्याबको प्रमुख प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्टमा इन्डियन मास्टर्सले भारतको अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३–१, भारतको जेकेजीले नेपाल प्रहरी क्लबलाई ३–१, नेपाल आर्मीले भारतको बैंक अफ बरोडालाई ३–० तथा नेपाल एपीएफ क्लबले एजीए ‘बी’ लाई ३–२ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष सिंगल्सको समूह चरणको खेल जारी छ भने महिला सिंगल्सको लिग चरणका खेल पनि सुरु भएका छन् । महिला सिंगल्समा ३८ खेलाडी सहभागी छन् । लिगबाट ८ खेलाडी नकआउट चारणमा प्रवेश गर्नेछन् ।
यो पनि…
आइपिएल : राजस्थानले यसरी जित्यो
आइपिएल : कसको जित, कसको हार ?
आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?
आइपिएल : दिल्लीको सानदार जित
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन