English

कसरी घटाउने पेटको बोसो ?



कम्मर र पेटमा जम्मा भएको बोसो सजिलै घटाउन सकिँदैन । पेटको बोसोले शरीरलाई अव्यवस्थित बनाउँछ, यसले धेरै रोगहरूको जोखिम पनि बढाउन सक्छ ।

मोटोपन र बढेको पेटको बोसोले हृदय रोग, मधुमेह, उच्च रक्तचाप र जीवनशैलीसँग सम्बन्धित अन्य रोगहरूको जोखिम बढाउन सक्छ । त्यसैले, पेटको बोसो घटाउनु स्वास्थ्यको लागि महत्त्वपूर्ण छ । तर यो पनि बुझ्न आवश्यक छ कि बिस्तारै र लगातार प्रयास गरेर मात्र पेटको बोसो कम गर्न सकिन्छ ।

अमला

अमला पेटको बोसो घटाउने सजिलो उपाय हो । अमलाको नियमित सेवन तौल घटाउन र पेटको बोसो घटाउनका लागि प्रभावकारी मानिन्छ । अमलाले पेटको बोसो घटाउन सहयोग गर्छ ।

अमला एक आयुर्वेदिक महत्त्वको फल हो जसलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा पनि भनिन्छ । यस फलमा भिटामिन ‘सी’को मात्रा धेरै हुन्छ र यसमा एन्टिअक्सिडेन्ट पनि प्रशस्त हुन्छ ।

यो पोषक तत्त्वले शरीरमा जम्मा भएका विषाक्त तत्वहरूलाई बाहिर निकाल्छ, जसले शरीरलाई संक्रमण र रोगहरूबाट पनि बचाउँछ । अमलामा डाइटरी फाइबर पनि पाइन्छ जसले पाचन शक्ति बढाउँछ, मेटाबोलिज्म बढाउँछ । यसबाट पेटको बोसो घटाउन मद्दत गर्छ ।

सेवन गर्ने तरिका
२–३ चम्चा सुक्खा अमलाको धूलोलाई एक गिलास पानीमा रातभर भिजाई बिहान पिउनुहोस् । बिहान मनतातो पानीमा धुलो अमला पाउडर मिसाएर पनि पिउन सकिन्छ ।

४–५ वटा काँचो अमलालाई पानीले राम्ररी सफा गर्नुहोस् । सानो टुक्रामा काट्नुहोस् । त्यसपछि, एक चम्चा अदुवाको पेस्ट वा रस, २ चम्चा कागतीको रस, एक मुट्ठी पुदिनाको पातलाई मिक्सरमा पिसेर मिसाउनुहोस् । त्यसपछि, यो पेस्टमा स्वादअनुसार आधा गिलास पानी, कालो नुन र जीराको धूलोे मिसाएर सेवन गर्नुहोस् ।

यो पनि…
तौल घटाउनका लागि महत्त्वपूर्ण छ खाना

मिर्गौला महादान !
यौनकै विषयमा पार्टनरबीच झगडा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested