English

अर्जेन्टिना रोकिँदा ब्राजिलको जित



कतार विश्वकप-२०२२ छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बराबरीमा रोकिँदा ब्राजिलले भने सानदार जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा दोस्रो स्थानको अर्जेन्टिना इक्वेडरसँग १-१ को बराबरीमा रोकियो । जुनियन अल्भारेजले पहिलो हाफमा गरेको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता लिए लिएको थियो ।

तर, इन्जुरी समयमा घरेलु टोलीले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । उसका इनेर भ्यालेन्सिकाले गोल गरे । दक्षिण अमेरिकी च्याम्पियनलाई बराबरीमा रोकेसँगै इक्वेडरले विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ ।

छनोटको दोस्रो स्थानको अर्जेन्टिनाले भने यसअघि नै विश्वकपको टिकट काटिसकेको छ । यस बराबरीसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई ३१ खेलसम्म पुर्‍याएको छ ।

दक्षिण अमेरिकी छनोटबाट विश्वकपको टिकट काट्ने चार टोलीको टुंगाे लागेको छ । विश्वकपमा अर्जेन्टिनासँगै ब्राजिलले अपराजित रहँदै आफ्नो स्थान सुरक्षित गर्‍याे । यस्तै, उरुग्वे तेस्रो र इक्वेडर चौथो स्थानमा रहँदै विश्वकपमा स्थान पक्का गरे ।

बिहानै भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० अन्तरले पराजित गर्‍याे ।

ब्राजिललको जितमा रिचार्लिसनले दुई गोल गरे । यस्तै, लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक एक गोल गरे ।

यो पनि…
आइपिएल : राजस्थानले यसरी जित्यो

आइपिएल : कसको जित, कसको हार ?
पोर्चुगल,पोल्यान्ड, फ्रान्स र स्पेनको जित



सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले