English

आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २८ पैसा र बिक्री दर १२१ रुपैयाँ ८८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ७२ पैसा र बिक्री दर १५९ रुपैयाँ ५० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५४ पैसा र बिक्री दर १३० रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ९५ पैसा र बिक्री दर ९१ रुपैयाँ ४० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ६३ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ८२ पैसा र बिक्री दर नौ रुपैयाँ ८७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ एक पैसा कायम भएको छ ।

यो पनि…
आज कुन फलफूल र तरकारीको मूल्य कति ? [सूची]
आज १३ सयले घट्यो सुनको मूल्य, कति पुग्यो ?



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो