English

पोर्चुगल,पोल्यान्ड, फ्रान्स र स्पेनको जित



युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप–२०२२ छनोट भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २–० अन्तरले पराजित गरेको हो ।

क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । ३२औं मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरे । ६५ औं मिनेटमा डिओगो जोटाको पासलाई सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई विश्वकपमा स्थान दिलाए ।

प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० अन्तरले हराउँदै विश्वकपमा स्थान पक्का गर्‍यो । घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले समान १–१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिदा ५औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे । ७२औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्यान्डको जित पक्का गरे ।

फ्रान्स र स्पेनको सानदार जित
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार राति विश्वका महारथी राष्ट्र फ्रान्स र स्पेनले सानदार जित निकालेका छन् । फ्रान्सले दक्षिण अफ्रिकामाथि ५–० अन्तरको फराकिलो जित निकाल्यो ।

फ्रान्सको एकपक्षीय जितमा युवा स्टार केलियन एमबाप्पेको दुई तथा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल गरे ।

यस्तै अर्को खेलमा स्पेनले आइसल्यान्डमाथि ५–० अन्तरको विशाल जित निकाल्यो । स्पेनको जितमा अल्भारो मोराटा र पाब्लो सारावियाले समान दुई गोल गरे भने यारेमी पिनोले एक गोल गरे ।

पाकिस्तानमाथि अष्ट्रेलियाको अग्रता
पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोलीलाई ८८ रनले पराजित गर्दै तीन एकदिवसीय शृंखलामा १–० को अग्रता बनाएको छ ।

मंगलबार लाहोरमा अष्ट्रेलियाले दिएको ३१४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र २२५ रन बनाउन सक्यो ।

पाकिस्तानका इमाम उल हकले १०३ रनको शतकीय इनिङ खेलेपनि जित दिलाउन त्यो पर्याप्त रहेन । कप्तान बाबर आजमले ५७ रनको योगदान गरे । अष्ट्रेलियाका एडम जाम्पाले ४ तथा मिचेल स्विप्सन र टार्भिस हेडले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्घारित ५० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनायो । अष्ट्रेलियाका टार्भिस हेडले १०१ रनको शतकीय इनिङ खेले ।

बेन म्याकडेरमोटले ५५ रन, क्यामरुन ग्रीनले ४० रनको योगदान गरे । पाकिस्तानका हरिस राउफ र जाहिद महोमदले २–२ विकेट लिए ।

यो पनि…
आइपिएल : राजस्थानले यसरी जित्यो

आइपिएल : कसको जित, कसको हार ?
आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?
आइपिएल : दिल्लीको सानदार जित
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले