English

मतदानस्थल : जहाँ छन् सुरक्षा जोखिम



स्थानीय तह निर्वाचनमा झन्डै तीन हजार मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभरका दुई हजार ९ सयभन्दा बढी मतदान स्थललाई अति संवेदनशील मतदान केन्द्रको सूचीमा राखेको हो ।

त्यस्तै, चार हजारभन्दा बढी मतदान स्थललाई संवेदनशील र तीन हजार मतदानस्थल सामान्य अवस्थामा राखिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए ।

निर्वाचन आयोगले देशभर १० हजार ७ सय ५६ मतदानस्थल तोकेको छ । जसमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । अति संवेदनशील मतदान स्थलमा अलि बढी सुरक्षाकर्मी खटाइनेछन् । अति संवेदनशील भनिएको ठाउँमा आवश्यकताको आधारमा ११ जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने उनको भनाइ छ । अति संवेदनशील हुनुपर्ने तर सदरमुकाम नजिक भएका, तत्काल थप सुरक्षाकर्मी परिचालन गराउन सकिने मतदान स्थललाई संवेदनशील तथा सामान्य मतदान स्थलको रूपमा राखिएको प्रवक्ता केसीले बताए ।

कस्तो सुरक्षा चुनौती छ ?

यसपटकको निर्वाचनमा विगतको जस्तो सुरक्षा चुनौती नरहेको सुरक्षा अधिकारीहरूको बुझाइ छ । ‘विगतका निर्वाचनमा विभिन्न आपराधिक समूह तथा राजनीतिक समूहहरू थिए । २०७४ सालकै निर्वाचनमा विप्लव समूह थियो । तराई मधेसमा सिके राउतको अर्धभूमिगत समूह थियो,’ एसएसपी केसीले भने, ‘ती समूहले मतदातालाई तर्साउने, धम्क्याउने, मतदान गर्न जान नदिने जस्ता काम गरेका थिए । अहिले त्यस्तो कुनै चुनौती छैन ।’

विष्णु केसी
प्रबक्ता, नेपाल प्रहरी

पहिलाको जस्तो सुरक्षा चुनौती छैन् । राजनीतिक दल-दलबीच आपसी सभा सम्मेलन गर्दा सामान्य झडप हुन सक्ने, भौगोलिक विकटता, सवारी साधन जान नसक्ने, मतपेटिका संकलन गर्दा हुन सक्ने सम्भावित घटनाहरू । यस्ता प्रकारका चुनौती मात्र छन् ।

सुरक्षा निकायले यो पटकको चुनावमा औल्याएका सुरक्षा चुनौती सामान्य खालका छन् । ‘पहिलाको जस्तो सुरक्षा चुनौती छैन् । राजनीतिक दल-दलबीच आपसी सभा सम्मेलन गर्दा सामान्य झडप हुन सक्ने, भौगोलिक विकटता, सवारी साधन जान नसक्ने, मतपेटिका संकलन गर्दा हुन सक्ने सम्भावित घटनाहरू । यस्ता प्रकारका चुनौती मात्र छन्,’ प्रवक्ता केसीले भने ।

नेपाल प्रहरीबाट स्थानीय तह निर्वाचनका लागि ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । त्यस्तै, प्रहरीकै निर्देशनमा एक लाख म्यादी प्रहरी पनि चुनावमा खटिनेछन् । यसका साथै ३४ हजार बढी सशस्त्र प्रहरी बल, १८ हजार बढी अनुसन्धान विभागका सुरक्षाकर्मी र नेपाली सेनाबाट आवश्यकताअनुसार सेना परिचालन हुनेछन् ।

निर्वाचनलाई लक्षित गरेर चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षा सेल गठन गरेका छन् । त्यही सेलबाट निर्वाचन सुरक्षासम्बन्धी आवश्यक काम कारबाही भइरहेका छन् ।

गत बिहीबार मात्रै एकीकृत सुरक्षा नीति पारित गरेको थियो । गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त एकीकृत सुरक्षा नीति पारित गरेको थियो । एकीकृत सुरक्षा नीतिअनुसार नेपाल प्रहरीका जनशक्ति मतदानस्थल र मतदान केन्द्रको भित्री सुरक्षामा रहनेछन् । निर्वाचन स्थलमा एक लाख म्यादी प्रहरी पनि खटाइनेछ । त्यस्तै, मतपेटिकाको पुर्‍याउने, ल्याउने काम पनि प्रहरीले नै गर्नेछ ।

यसैगरी, मतदानस्थल र मतदान केन्द्रको बाहिरी भाग तथा बाहिरी गस्तीमा सशस्त्र प्रहरीले सुरक्षा दिनेछ । निर्वाचन कार्यालयको सुरक्षासमेत सशस्त्र प्रहरीले गर्दै आएको छ ।

नेपाल प्रहरीले एआईजी सहकुल बहादुर थापाको नेतृत्वमा निर्वाचन सेल गठन गरेको छ । उक्त सेलले निर्वाचन केन्द्रित सुरक्षाको काम गर्दै आएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले समेत निर्वाचन सुरक्षा रणनीति तयार पारेर तल्ला तहसम्म नै काम गरिरहेको छ । सशस्त्रले केन्द्रीय निर्वाचन सेल, बाहिनी, गण तथा गुल्ममा निर्वाचन सुरक्षा सेल गठन गरेर हाल देशभर अनुशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको सशस्त्र प्रहरी प्रवक्ता कमलप्रसाद तिउसिनाले जानकारी दिए ।

यो पनि
स्थानीय चुनावका लागि के–के तयारी गर्दैछ निर्वाचन आयोग ?
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा




सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested