English

कुनै बेलाकी चर्चित नायिका भट्टराई बनिन् पत्रकार महासंघको केन्द्रीय सदस्य



नेपाली रजट पटमा कुनैवेला राम्रो सम्भावना बोकेकी नायिकामा दरिन सफल कृति भट्टराई २५ चैतमा सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा विजयी भएकी छिन् । २७४ मत प्राप्त गरेर कृति एसोसिएट तर्फवाट केन्द्रीय सदस्यमा विजयी भएकी हुन् । उनी स्वतन्त्र उमेदवारको रूपमा चुनाव लडेकी थिइन् ।

‘उपहार’, ‘विश्वास’ तथा ‘तिम्रो सम्झनामा’ लगायतका फिल्ममा अभिनय गरिसकेकी कृति भट्टराईले ‘गहना’, ‘कसलाई आफ्नो भनुँ’ जस्ता टेलिसिरियलहरूमा पनि अभिनय गरिसकेकी छिन् । अभिनयमा सक्रिय रहँदा उनको क्रेज राम्रै थियो ।

ईमेज च्यानलमा आवद्ध रहिसकेकी कृति हाल जनता टेलिभिजनमा कार्यरत छिन् ।

मिडियासँगको दुई दशक

कृति पत्रकारितामा लागेको पनि धेरै भइसकेको छ । उनले इमेज एफएमबाट पत्रकारिताको यात्रा सुरु गरेकी थिइन् । उनी मिडियासँग जोडिएको २० वर्ष भइसक्यो । तर, पूर्ण रूपमा पत्रकारितामा लागेको भने १५ वर्ष भन्दा बढी भएको छ । नेपाल टेलिभिजनमा विभिन्न कार्यक्रममा प्रस्तोताको रूपमा उनले करिअर सुरु गरेकी थिइन् । मेरो गीत मेरो सन्देश, सिने संगालो जस्ता निकै चर्चित कार्यक्रम सञ्चालिकाको रूपमा काम गरेकी उनको यो क्षेत्रमा झन झन रुचि बढ्दै गयो । र, पछि उनले पत्रकारिता विषयमा नै आफ्नो पढाई अघि बढाईन् । उनले आमसञ्चारमा मास्टर्स गरेकी छन् ।

ईमेज च्यानलमा आवद्ध रहिसकेकी कृति हाल जनता टेलिभिजनमा कार्यरत छिन् ।

यसरी जोडिइन् महासंघमा

देशभरका पत्रकारको छाता संगठन हो, नेपाल पत्रकार महासंघ । जसले खासगरी सम्पूर्ण श्रमजीवी पत्रकारहरूको अधिकार र सुरक्षाको बारेमा काम गर्दछ । यही कारणले उनलाई संगठनप्रति रुचि बढेको हो । कृति भन्छिन्, ‘यहाँ पुगेर काम गर्दा के होला भन्ने पनि कौतुहलता पनि थियो । श्रमजीवी पत्रकारको हकहितको सन्दर्भमा हामी कसरी काम गर्न सक्छौं भन्ने विषयमा काम गर्न चाहने थुप्रै हातहरूमध्ये मैले पनि एउटा हात अघि बढाएकी हुँ ।’

विजयी भएपछिको अनुभव

चुनावमा सफलता हात पार्दा कृतिलाई एकदमै खुशी लागेको छ । ‘खुशी यसकारण पनि लागेको हो कि म स्वतन्त्र थिए र छु । श्रमजीवी पत्रकारको रूपमा चुनाव लड्दै गर्दा कोही कुन प्यानल, कोही कुन प्यानल भनेर राजनीतिक रूपमा जोडिनुपर्ने अवस्था छ ।’ कृति भन्छिन्, ‘तर, म त्यो सबबाट टाढा रहेर स्वतन्त्र रूपमा चुनावमा उम्मेदवारी दिएँ । र, अग्रजहरूको आर्शिवादले गर्दा म विजयी भएँ । पत्रकारिता क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन भन्नेहरूको साथ र मायाले म विजयी भएको हुँ ।’

अग्रजहरूको आर्शिवादले गर्दा म विजयी भएँ । पत्रकारिता क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन भन्नेहरूको साथ र मायाले म विजयी भएको हुँ ।

अबको योजना

‘पत्रकार महासंघको केन्द्रीय सदस्य भएर एकदमै ठूलो काम गर्छु भनेर म भन्दिन । किनकी सबै काम टिममा मिलेर गर्दा सफल हुने हो । टिमको साथमा रहेर श्रमजीवी पत्रकारहरूको अधिकार रक्षाका लागि कुनै पनि किसिमको आर्थिक, सामाजिक शोषणमा नपरुन् भन्नको लागि टिममा रहेर काम गर्नेछु’, उनी भन्छिन् ।



सम्बन्धित खबरहरु

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली